५ कार्तिक २०७८, शुक्रबार

अमेरिका लुकेकी तिलागुफाकी उप–प्रमुख दन्ताले २१ महिनादेखि तलव लिइरहेको खुलासा




१२ साउन, काठमाडौं । विगत २१ महिनादेखि अमेरिकामा लुकेकी कालिकोट तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली (दर्शना)ले २१ महिनादेखि नै जनप्रतिनीधिका हैसियतले पाउने सेवा सुबिधा लिदैँ आएकी छन् । जनप्रतिनिधीलाई लामो समय सम्पर्कबिहीन हुँदासमेत बर्खास्त गर्न मिल्ने कानूनी व्यवस्था नहुँदा उनले पाउने तलव र अन्य सेवा सुबिधाको रकम नगरपालिकाले उनको बैंक खातामा नै जम्मा गर्ने गरेको छ ।

काननूमा बर्खास्त गर्ने, सेवा सुबिधा दिने बिषयमा केही नलेखिएका कारणले उनले पाउने सेवा सुबिधा पाउदै आएको कारवाहीका बिषयमा प्रक्रिया अगाडि बढाउन नसकिएको नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले बताए । ‘कानूनमा स्थानीय तहका पदाधिकारीले राजीनामा दिएमा वा मृत्यु भएमा मात्र पदमुक्त भएको मानिने व्यवस्था छ ।’ उनले भने, ‘नगरसभाबाट पनि बर्खास्त गर्न मिल्दैन । यत्तिको जिम्मेवार व्यक्तिले आफैँ जानेर फर्किनुपर्ने हो । जनमतको अवहेलना गर्नु राम्रो होइन ।’

उपमेयर नेपाली २१ महिनादेखि कार्यालयमा नफर्किए पनि उनको नाममा तोकिएको तलब भने गइरहेको छ । उनले पाउने बैठक र अन्य भत्ताबाहेकको सेवासुविधा गइरहेको नगरपालिका प्रमुख शाहीले बताए । ‘उहाँ आफैंले जिम्मेवारीमा नहुँदा सेवासुविधा लिन्न भन्नुपर्ने हो । उहाँले नभनेसम्म त हामीले तलब रोक्न मिलेन ।’ उनले भने ।

वि.स.२०७६ असोज २६ गते तिलागुफा नगरपालिकाले उनलाई ‘इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन’ (आईसीएमए)ले आयोजना गरेको गोष्ठीमा जान सिफारिश गरेको थियो । सोही अनुसार उनी कात्तिक १ गते अमेरिका गएकी थिइन् । अमेरिका पुगेकी नेपाली त्यसबाट फर्किनन् । उतै लुकेर बसेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको