५ कार्तिक २०७८, शुक्रबार

निर्वाचन आयोगले दियो उपेन्द्रलाई वैधानिकता, महन्थले अर्को पार्टी बनाउनु पर्ने



११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । आयोगले महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ ।

आयोगको सोमबार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरूको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै यादव पक्षलाई जसपाको आधिकारिकता दिई महन्थ पक्षलाई अर्को पार्टी गठन गर्न भनेको हो ।

‘हेड काउन्ट’मा जसपाका ५१ कार्यकारीणी सदस्यहरुमध्ये उपेन्द्रको पक्षमा ३६ जना र महन्थको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरेपछि निर्वाचन आयोगले यादवको पक्षमा फैसला सुनाएको हो ।

आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाए तापनि ठाकुर पक्षका सांसदहरूको पद खारेज रहने वा नरहने बारे भने केही भनेको छैन । यो विषय सम्बन्धित राजनीतिक दल र संसद सचिवालयको क्षेत्राधिकारमा पर्ने भएकाले आयोग मौन बसेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको