३१ आश्विन २०७८, आईतवार

व्यापक बढे कोरोना संक्रमितः अघिल्लो दिनको तुलनामा ११८४ जना बढि संक्रमित



११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई हेर्दा कोरोना संक्रमितको संख्या व्यापक रूपमा बढेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार १७ हजार २७२ जनाको स्वाव परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिन अर्थात् आइतबारको तुलनामा ११८४ जना बढि संक्रमित भएका छन् । आइतबार देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण गरिएकोमा २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएकोर २५ जनाले ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना र एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएर घर फर्केका छन् । हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको