५ कार्तिक २०७८, शुक्रबार

नेपाल समूहको स्थायी कमिटीको बैठकमा रावल गरे १० बुँदे सहमतिको को ‘ब्रिफिङ्ग’




११ साउन, काठमाडौैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आइतवार राति छोटो समय बसेर सकिएको छ । बैठकमा एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे प्रस्तावका बारेमा सामान्य चर्चा गरेका थिए ।

बैठक आज ११ बजे पुनः बस्ने भएको छ । भोलिको बैठकमा उक्त प्रस्तावमाथि वरिष्ठ नेता नेपालले आफ्नो धारणा राख्ने बताइएको छ । त्यसो त नेता नेपालले यसअघि नै १० बुँदे प्रस्तावप्रति आपत्ति प्रकट गरिसकेका छन् ।

एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक बोलाएका भएता पनि उनी आफैं कार्यव्यस्तताले बाहिरिएपछि बैठक टुङ्गिएको थियो ।

अध्यक्ष ओलीको सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीहरु सच्याउन पार्टी र सरकार मध्ये एउटा पद त्याग गर्नुपर्ने अडानमा रहेका नेपाल सो कुरा १० बुँदे प्रस्तावमा नसमेटिँदा रुष्ट बनेका थिए । यसमा उनले ‘आफ्नै भन्नेहरु’ बाट धोकाको महशुस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको