२ कार्तिक २०७८, मंगलवार

गृह मन्त्रालयको प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा रिजाल र उपाध्याय



१० साउन, काठमाडौं । गृह मन्त्रालयको केही सहसचिवहरूको महाशाखा परिवर्तन गरिएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सह-सचिव गोविन्द रिजालले जिम्मेवारी पाएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुखका रूपमा जिम्मेवारी तोकिएको छ । रिजाल र उपाध्याय दुवै जना दैलेख जिल्लाका हुन् ।

गृह प्रशासनका अनुभवी प्रशासकका परिचित रिजाल जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइ काम गरिसकेका छन् । उनी लामो समय जिल्लामा बस्ने प्रमुख जिल्ला अधिकारीका रुपमा समेत चिनिन्छन् ।

सह-सचिव उपाध्यायले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइसकेका छन् ।

त्यस्तै मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्तामा कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका सह–सचिव फणीन्द्रमणि पोखरेल आएका छन् भने हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको