१ आश्विन २०७८, शुक्रबार

त्रिभुवन विश्वविद्यालयमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु



१० साउन, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि सुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा भौतिक रुपमा उपस्थित भई दिन सुरु गरिएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार बीए, बीएड र बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजबाट सरु भएको छ भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु सुरु हुनेछन् । परीक्षा नियन्त्रक जोशीले भने, ‘रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं, विद्यार्थीहरू अलमोस्ट सबै सहभागी भएका छन् ।’

महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको भए तापनि प्रवेश–पत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरूले भोगेका छन् ।

परीक्षा नियन्त्रक जोशीले केही प्राविधिक समस्या आएको स्वीकार्दै अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रूपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको बताए । बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको