५ आश्विन २०७८, मंगलवार

अमेरिकी युट्युबर नेल्सनले भने, नेपाल जस्तो सुन्दर देशमा विजय शाही जस्ता ठग्ने व्यक्ति देखेँ (भिडियो)



साउन, काठमाडौं । अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिसले आफू नेपालका विजय शाहीबाट ठगिएको बताएका छन् । अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालिकोट महावै गाउँपालिका–५ का विजय शाही अरूलाई मूर्ख बनाउने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

आफूलाई मेमोरी किङ दाबी गर्ने शाहीको अनुरोधपछि नेल्सनले केही दिनअघि उनको अन्तर्वार्तासहित स्मरण शक्तिको परीक्षा लिएका थिए । भिडियो तयार हुँदासम्म शंकारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्को भिडियो बनाएर शाहीलाई ‘फेक’ भनेका हुन् । शाहीले नेल्सनसँग छलछाम गरेको भिडियो नेपाली युट्युबरहरूले बनाएका थिए । पछिल्लो भिडियोमा नेल्सनले भनेका छन्, ‘भिडियो खिच्दाखिच्दै मसँग शाहीले ठगी (स्क्याम) गरे ।’

‘नेपाल एक सुन्दर देश हो । यस्तो ठग्ने व्यक्ति नेपालले नपाउनुपर्थ्यो । विजय शाहीले नेपालीहरूलाई पनि मूर्ख बनाएका छन्’, उनले भनेका छन् ‘मलाई पनि उनले ठगे । अब उनीबारे कुनै चर्चा गर्ने वा भिडियो बनाउने काम गर्दिनँ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको