५ आश्विन २०७८, मंगलवार

बैजनाथ गाउँपालिकाले गर्यो आर्थिक बर्ष २०७७/०७८ को समिक्षा



१० साउन, बाँके। बैजनाथ गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा गरेको छ । गाउँपालिकाले समग्र शाखागत आयोजनाको बार्षिक समिक्षा सम्पन्न गरेको हो ।

वार्षिक समिक्षा कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले भने, ‘आर्थिक बर्ष २०७७/०७८ मा सञ्चालन भएका आयोजनाहरू विविध कारणले आएका समस्याहरूलाई न्यूनिकरण गर्दै यस आर्थिक बर्षमा सुधार गरेर अगि बढ्नु पर्दछ ।’ अध्यक्ष रुचालले वडागत रूपमा संचालन भएका अयोजनाहरूको जिम्मेवारी कर्मचारी र निर्वाचित जनप्रतिनिधिले लिनु पर्ने बताए ।

वार्षिक समिक्षा कार्यक्रममा समग्र गाउँपालिका स्तरीय शाखाहरूले प्रगति विवरण प्रस्तुति गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको योजना अधिकृत डोटी नेपालीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको