५ आश्विन २०७८, मंगलवार

माधव नेपाललाई महेश बस्नेतको हातगोडा चलाउने धम्की



१० साउन, काठमाडौं । एमाले नेता तथा सांसद महेश बस्नेतले पार्टी वरिष्ठ नेता माधव नेपाललाई हातगोडा चलाउने धम्की दिएका छन् । युथफोर्स काठमाडौं उपत्यका कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा भाषण दिने क्रममा बस्नेतले नेता नेपाललाई हातगोडा चलाएर सम्झाउने बताएका हुन् ।

नेता नेपालले एमालेका अध्यक्ष केपी ओली आममाफी दिएको भन्ने अभिव्यक्तिलाई महाराजधिराजले आममाफी दिनु भयो भनेर बोलेका थिए । त्यसै बिषयलाई लिएर बस्नेत पूर्वप्रधानमन्त्री नेपाललाई ‘हातगोडाले सम्झाउने’ धम्की दिएका हुन् ।

नेता नेपालको सोही भनाइप्रति आपत्ति जनाउँदै पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुभन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो हिजो एउटा ब्यांक्वेटमा बसेर । मुखले सम्झाउँछौँ । मलाई लाग्छ मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको