३१ आश्विन २०७८, आईतवार

माओवादीका सबै सांसदले मन्त्री मागेपछि प्रचण्डले भने, मानसिक तनावमा छु



१० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सबै सांसदले मन्त्री मागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु तनावमा रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका ४९ जना सांसदले नै मन्त्रीमा दाबी गरिरहेको बताएका हुन् ।

उनले सबैले आफूलाई मन्त्री बनाउन दबाब दिइरहेकाले आफू केही दिनयता मानसिक तनावमा परेको बताए । आफ्ना पार्टीका ४९ जना सांसदहरूले नै मन्त्रीमा दाबी गरेको बताएका छन् ।

‘पार्टीका ४९ जना सांसदहरूले नै मलाई मन्त्री बनाउनु पर्‍यो भनिरहेका छन् । हुलका हुल मान्छेले मलाई चार(पाँच दिनयता आतंकित बनाएका छन्,’ उनले भने, ‘ हामीले पाउने बढीमा सात मन्त्रालय होला । मन्त्री बनाउन दबाब दिन आउनेबाट म साँच्चिकै चार–पाँच दिनदेखि मानसिक तनावमा छु ।’

प्रचण्डले पार्टीभित्र मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँडने जब्बरजस्त प्रवृति भित्रिएकाले आफू आजित भएको पनि बताए । पार्टीभित्र भए मन्त्री, नभए ठूलै राजनीतिक नियुक्ति गर्नुपर्ने नेता, कार्यकर्ताको मानसिकता रहेकाले समस्या रहेको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको