५ आश्विन २०७८, मंगलवार

सम्मान


वीरसिंह विश्वकर्मा
९ श्रावण २०७८, शनिबार

जेठ महिनाको टन्टलापुर घाम । लिस्नो झैं ठाडो खरबारी पाखो उक्लेर म विद्यालय प्राङ्गडमा पुगेँ । चिउँडो र नाकको टुप्पोबाट पसिना तपतप चुहिँदै थिए । यता ओठमुख खडेरीको बाँझो जमिन झैँ सुकेका, के गर्नु, पसिना पिउन नमिल्ने । त्यसैले जति सक्दो छिटो म स्कुल पुग्न चाहन्थेँ ।

वल्लो छेउको बलेसीबाट भित्र पस्दै थिएँ, भुराहरूले देखिहालेछन्, ढोका ढोकामा भुम्मिए । कालो पैंन्टमाथि सेतो सर्ट, खिस्रिक्क परेको अनुहारभरि झपक्क दारी, अनौठो मान्दै थिए सायद, कानेखुसी गर्दै खित्खिताउँदै थिए । म तिनीहरूतिर नहेरीकन सरासर अफिस कोठातिर गएँ । मणिराम सरले देख्ने बित्तिकै चिनिहालेछन्, कक्षाबाट फुत्त निस्के र चकले रंगिएको सेतो हात मतिर पसारे । दुवैले दरो गरी हात मिलायौँ अनि हामी अफिस कोठाभित्र पस्यौँ ।

दुर्गम गाउँको सानो स्कुल । त्यसको अफिस कस्तो हुन्थ्यो— एकथान टेबुल, चारवटा कुर्ची, एउटा लामो बेन्च लस्करै राखिएका । भित्री कुनामा एउटा काठको दराज थियो, दराजको टाउको माथि एउटा पुरानो हार्मोनियम र त्यसैमाथि सानो खरी झरेको मादल थियो । त्यो बाहेक स्कुलको अरू जायजेथा देखेनन् मेरा आँखाले । त्यो पनि हेडमास्टरमा सरुवा भएकाले मात्र जायजेथामा चाँसो राख्न पुगेँ । नत्र त सरकारी स्कुल न हो, एकसरो पढायो, चार बजायो हिँड्यो । सरकारी काम, कैले जाला घाम भन्ने उखान त्यत्तिकै चलेको होइन ।

अफिस छिर्ने बित्तिकै आँखा झ्यालमा राखेको पानीको घैंटोमा परे । पानी कति थियो भगवान् जानुन्, तर मेरो तिर्खा त्यो घैँटोभन्दा कम्तिमा पनि दुई गुना धेरै थियो । मणिराम सर सञ्चो बिसन्चोबाट सुरु गर्न खोज्दै थिए, मैले भनेँ, “पहिला पानी पिऊँ, बाँकी विस्तारमा गरौंला नि सर ।”

जाबो दुई जना शिक्षक दरबन्दी भएको सानो स्कुलमा पियन, चौकीदारको कल्पना गर्नु समयकै बर्बादी हो भन्ने मलाई थाहा थियो । आफैँ पानी सारेर पिऊँ भनी उठ्न खोज्दै थिएँ, चौधरी सर उठे र एक गिलास पानी सारेर मलाई दिए ।
मणिराम सर त चिनजानकै मान्छे थिए, चौमासिक निकासा गर्न सदरमुकाम धेरैचोटि भेट भैसकेका । तर चौधरी सर मेरा लागि बिल्कुलै नौला थिए । उमेरले मभन्दा साना देखिन्थे तर हेर्दा निकै सक्रिय । उनको लवज मैथिली, भोजपुरी जे भए पनि भाषा विनम्र थियो ।

पानी प्यास मेटिसकेपछि मैले गोजीबाट रवाना पत्र झिकेर मणिराम सरलाई दिएँ । उनले ससर्ती पढें र अफिस फाइलमा उनेर राखे ।

मध्यान्तरको घण्टी बज्यो । भुराभुरी कोलाहल मच्चाउँदै कक्षाबाहिर निस्के र अफिसको ढोकामा बुजो लागे । कोही झ्यालबाट चियाउँदै थिए । ढोकामा भिड लागेका मध्ये एउटा भन्दै थियो खुसुक्क, “को मान्छे हो ?”
“नयाँ मास्टर ।” अर्को सासले बोल्दै थियो ।

अँझै ठेलमठेल गर्दै थिए, मणिराम सरले हकारेपछि बल्ल उनीहरू चौरतिर कुदे र त्यतै खेल्न थाले । एक दुई जना अझै झ्यालबाट चियाउँदै थिए ।

मणिराम सर विद्यार्थी संख्या, शैक्षिक सामग्री, खेलकुद सामग्री आदि विषयमा कुरा गर्दै थिए, एक जना अर्धबैँसे मान्छे खुसुक्क अफिसमा छिरे । कम्मरमुनि सेतो कछाड, जीउमा मैलो टिसर्ट र टाउकामा कालो टोपी । निधार र आँखी भौँमा पसिनाका मसिना थोपा । हातमा सिप्काने लौरी पनि । बारी जोत्दा जोत्दै हलगोरु छोडेर आएजस्ता देखिन्थे उनी ।
उनलाई देखेर मणिराम सर र चौधरी सरले नमस्कार गरे । उमेरले पनि पाका, गाउँका भलाद्मी नै होलान् भन्ठानेर परिचय नगरिकनै नमस्कार ठोकेँ मैले पनि ।

“वाँ को ?” उनले मणिराम सर मार्फत् मेरो परिचय मागे ।

“वहाँ वीरसिं सर । सरुवा भै आउनु भको । मणिराम सरले मतिर हेर्दै भने । “ए ! पिलाडी बाँठा छोरा हो ?” उनले ठुलै कुरा सम्झे झैँ लेघ्रो ताने । भन्दै थिए, “देख्न त पारी बबियारतिर आउँदै गर्या देख्या थिएँ । यै हो भनी चिन्न सग्यँन । अँ, अ‍ैल कँ, पिलाडीयाट आइस् त, भाइ ?” पहिलो गाँस मै ढुङ्गा लाग्यो । मान पाउँला भन्थेँ, भुक्तमान पाएँ भन्ने भानुभक्तको युक्ति झल्यास्स याद आयो । यद्यपि त्यति ठुलो आश त गरेको थिइनँ मैले । तैपनि ‘तिमी’ सम्मको त कस्सो नपाइएला भन्ठानेको त्यो पनि नपाउँदा फोहोर कै आहालमा डुबेको अनुभुति भयो । शरीरमा भएजति जम्मै रगत अनुहारमा थुप्रियो ।

“वहाँ वीरसिं सर । सरुवा भै आउनु भको । मणिराम सरले मतिर हेर्दै भने ।

“ए ! पिलाडी बाँठा छोरा हो ?” उनले ठुलै कुरा सम्झे झैँ लेघ्रो ताने । भन्दै थिए, “देख्न त पारी बबियारतिर आउँदै गर्या देख्या थिएँ । यै हो भनी चिन्न सग्यँन । अँ, अ‍ैल कँ, पिलाडीयाट आइस् त, भाइ ?”

पहिलो गाँस मै ढुङ्गा लाग्यो । मान पाउँला भन्थेँ, भुक्तमान पाएँ भन्ने भानुभक्तको युक्ति झल्यास्स याद आयो । यद्यपि त्यति ठुलो आश त गरेको थिइनँ मैले । तैपनि ‘तिमी’ सम्मको त कस्सो नपाइएला भन्ठानेको त्यो पनि नपाउँदा फोहोर कै आहालमा डुबेको अनुभुति भयो । शरीरमा भएजति जम्मै रगत अनुहारमा थुप्रियो । कन्चटका नसा टन्टनि दुख्न थाले । अधिक तनाव भएर होला उनको प्रश्नको जबाफ दिने मेसो पनि पाइनछु मैले । मणिराम सर र चौधरी सरले मुखामुख गर्दै नजर भुइँतिर झारे । उता ती मान्छे मेरा नजिकका आफन्त भए जसरी कुरा गर्दै थिए । भन्दै थिए , “तेरा बालाई तेरा मामालाई, काकालाई, सप्पैलाई राम्रै चिन्छु ।”

जति चोटी मलाई सम्बोधन गरे उनले, ‘तँ’ भनेरै सम्बोधन गरे, एक इन्च माथि उक्लेनन् । तब मलाई लाग्यो यो ठाउँमा मास्टर भै बस्नुभन्दा त आफ्नै बाको हलो जोत्नु बेश । तर त्यो भने जस्तो सजिलो थिएन । परिवार बसाईँ सरेर बाँके जिल्लाको खजुरा गैसकेको थियो । पिलाडीमा त रित्तो घर र बाँझो जग्गाबाहेक अरु केही थिएन ।

दुईचार दिन पिलाडीबाटै धाएँ, साध्य लागेन । त्यसपछि हनेटा भवानी दाइकोमा बसेँ र त्यैँ बाट स्कुल धाउन थालेँ ।
त्यसको झण्डै दुई हप्तापछि म स्कुल जान भनी मर्खे खोलाको उकालो चढ्दै थिएँ, उनीसँग बाटोमै भेट भयो । तर मैले उनलाई नमस्कार गरिनँ । मनमा श्रद्धा नै पलाएन । बरू हिनताबोध पलायो ।

“कता ? स्कुल जान लागिस् ?” उनले त्यसैगरी सोधे । ‘अँ’ भन्दै म लुरुलुरु हिँडिरहेँ ।

“काँ बस्दैछस् ? घटालाका घर ?” सोधे फेरि, थाहा त रहेछ म त्यहाँ बस्दैछु भन्ने, र पनि बोल्ने बाहना गरे । मैले पनि उसैगरी अँ भनँे र उनीतिर हेर्दै नहेरी हिँडिरहेँ । त्यसपछि उनी हिँडे क्यारे, जुत्ता बजेको टड्कारै सुनियो । यसो हेरेको, तलै पुगिसकेछन्, पुलुक्क पुलुक्क हेर्दै थिए मलाई ।

एक त बाटो उकालो, त्यसमाथि अपमानको त्यत्रो भारी, मलाई स्कुल पुग्नै हम्मे हम्मे प¥यो । त्यै भारी बोकेर अफिसमा छिरेँ, त्यै भारी बोकेर कक्षा कोठामा गएँ र त्यो बोकेरै पढाएँ । त्यो दिन मात्र होइन त्यसपछिका धेरै दिन, धेरै महिना र धेरै वर्ष अपमानको त्यो भारीले थिचिरह्यो । राजिनामा ठोकेर हिडूँ जस्तो लागेको थियो, सोचेँ, आवेगमा निर्णय गर्नु हुँदैन ।

एक त बाटो उकालो, त्यसमाथि अपमानको त्यत्रो भारी, मलाई स्कुल पुग्नै हम्मे हम्मे प¥यो । त्यै भारी बोकेर अफिसमा छिरेँ, त्यै भारी बोकेर कक्षा कोठामा गएँ र त्यो बोकेरै पढाएँ । त्यो दिन मात्र होइन त्यसपछिका धेरै दिन, धेरै महिना र धेरै वर्ष अपमानको त्यो भारीले थिचिरह्यो । राजिनामा ठोकेर हिडूँ जस्तो लागेको थियो, सोचेँ, आवेगमा निर्णय गर्नु हुँदैन । बरू अर्को स्कुलमा सरुवा माग्नुपर्छ । त्यसपछि सरुवाको लागि म सदरमुकाम दैलेख धाउन थालेँ ।

एक दिन मयाान्तरमै उनी फेरि अफिस कोठामा छिरे । मणिराम सर सरुवा भएर डाँडागाउँ गैसकेका थिए । अफिसमा म र चौधरी सर मात्र थियौँ । सधैँ झैँ चौधरी सरले उनलाई नमस्कार ठोके । तर मैले वास्तै गरिनँ । बाहिर निस्केर भुराभुरीले थाङ्नाको भकुण्डो गुडाउँदै गरेको हेरिबसेँ । उनी चौधरी सरसँग बात मार्दै बसे । चौधरी सरलाई वाक्यै पिच्छे ‘सर….तपाईँ’ भन्दै गरेको उनको तिखो आवाजले मलाई ठ्याइँ कि ठ्याइँ हिर्कायो र सहन नसकी म स्कुल पछाडि गइ उभिएँ । घन्टी बजेपछि मात्र अफिसमा छिरेँ । त्यतिखेर उनी त्यहाँ थिएनन् ।

एक दिन बिहानै म सरुवाको चक्करमा सदरमुकाम जान भनी डेराबाट हिँडेँ । भुसालडाँडाको उकालो चढेर माथि चौखुडा पुग्न पुग्न खोज्दै थिएँ, एक जना मान्छे उँधो झर्दै गरेको देखेँ । कालो कोट, भेला कपडाको दौरा सुरुवाल र ढाका टोपी लाएका, मान्छे चिने चिने जस्ता पनि लागे । तर सल्लाका पोथ्राले राम्ररी ठम्याउन दिएनन् । एकाएक उनी नजिकै आएपछि मात्र चिनेँ मैले । मान्छे उनै थिए । उनलाई देख्नासाथ मुटु चिसो भयो । आँखा भुइँतिर जोतिए । तर्केर जान खोज्दै थिएँ, सोधे उनले, “कता हिन्नुभो, सर ?”

एकाएक उनी नजिकै आएपछि मात्र चिनेँ मैले । मान्छे उनै थिए । उनलाई देख्नासाथ मुटु चिसो भयो । आँखा भुइँतिर जोतिए । तर्केर जान खोज्दै थिएँ, सोधे उनले, “कता हिन्नुभो, सर ?” मेरा पाइला जहाँको त्यहीँ रोकिए । पुलुक्क हेरेँ उनलाई । उनी बडो हार्दिकताका साथ मुस्कुराइरहेका थिए । मेरो हृदय सम्मानले भरिएर आयो, र पोखियो ।

मेरा पाइला जहाँको त्यहीँ रोकिए । पुलुक्क हेरेँ उनलाई । उनी बडो हार्दिकताका साथ मुस्कुराइरहेका थिए । मेरो हृदय सम्मानले भरिएर आयो, र पोखियो । “नमस्कार, दाजु !” दुई हात जोडेँ मैले र भनेँ, “म दैलेखतिर हिँडेको । हजुर चैँ काँ देखि ?”

(कथाकार विश्वकर्मालाई नेपाल सरकारद्वारा भाषा एवम् साहित्य विधातर्फबाट ‘कर्णाली प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार-२०७७’ बाट सम्मानित गरिएको थियो ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको