६ आश्विन २०७८, बुधबार

साइबर सेनाले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउनेः महेश बस्नेत



९ साउन, काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले साइबर सेनाले एमाले बिरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउने बताएका छन् । शनिबार युथफोर्स उपत्यका कमाण्डको घोषणा गर्दै बस्नेतले एमाले बिरुद्ध लाग्ने बुद्धिजिवी लगाएतलाई ठेगाना लगाउने बताएका हुन् ।

आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिए । ‘बुद्धिजीवीविरुद्धको संगठन होइन,’ बस्नेतले भने, ‘ बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ।’

युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नहुन आग्रह गरेका छन् । युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी हुने चेतावनी दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’

युथफोर्सले सरकारसँग सहकार्य गरेर रचनात्मक काम गर्न तयार रहेका बताए । बस्नेतले भने, ‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ।’

उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन नभएको समेत बताए। बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको