२ कार्तिक २०७८, मंगलवार

पत्रकारको आवरणमा नेपालगञ्जमा ब्राउनसुगरको कारोबार गर्ने भारतीय पक्राउ




९ साउन, नेपालगञ्ज । पत्रकारको परिचय बोकेका भारतीय नागरिक नेपालगञ्जमा ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

नेपालगञ्जको वडा नं. १२ मा कोठा भाडा लिएर बसेका दुई जना भारतीयसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी र जिल्ला प्रहरीको टोलीले ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने २८ वर्षको मो. सलमान खान, भारत लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का २२ वर्षीय आजाद कवडियालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मो. सलमान खानसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको छ । पत्रकारको भेषमा उनले नाकामा सहजै आवतजावत गरेको पाइएको प्रहरीले जनाएको छ ।

मुस्तकिम नेपालगञ्जमा सुनपसलमा काम गर्छन् । उनीहरु नेपालगञ्जमा कोठा भाडामा लिएर बसेका थिए ।

बाहिरी आवरणमा पत्रकार र सुन पसलमा काम गर्ने देखिए पनि उनीहरुको असली धन्दा लागु औषधी ब्राउनसुगरको कारोबार गर्ने रहेको खुलेको छ ।

उनीहरुको कोठाबाट ब्राउनसुगर तौलिने डिजिटल तराजुसमेत बरामद भएको छ । सलमान र मुस्तविमले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरेर नेपालगञ्जमा तीनदेखि चार हजारसम्ममा बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको