६ आश्विन २०७८, बुधबार

कांग्रेसको वडा तहको अधिवेशन स्थगित




९ साउन, काठमाडौं । नेपाली कांग्रेसको वडास्तरीय अधिवेशन स्थगित भएको छ ।

क्रियाशील विवाद नटुंगिएपछि १२ साउनका लागि तय गरिएको वडास्तरीय अधिवेशन स्थगित गरिएको हो ।

शनिबार बूढानीलकस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘क्रियाशील विवाद कायमै छ । त्यो छानविन समितिले विवाद समाधानको प्रयास गरिरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘वडा तहको अधिवेशनको मिति अब केन्द्रीय समितिको बैठकले तय गर्नेछ ।’

क्रियाशील सदस्यता छानविन गर्न रमेश लेखकको संयोजकत्वमा गठित समितिलाई असार मसान्तसम्मको समयावधि दिए पनि टुंगो लगाउन सकेको छैन । पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवरण १२ साउनमा सभापतिलाई बुझाउन निर्देशन पनि दिएको छ ।

प्रवक्ता शर्माले केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशनको मिति तय गरिने पनि बताए । कांग्रेसको १४औँ महाधिवेशन १६(१९ भदौमा हुने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको