२ कार्तिक २०७८, मंगलवार

महाराजधिराज खुशी हुँदा हामीलाई आममाफीः एमाले बरिष्ठ नेता नेपाल




९ साउन, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई कटाक्ष गर्दै श्री ५ को संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीलाई ‘महाराजधिराज’ को संज्ञा दिएका हुन् । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो, माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।’

कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘महाराजधिराज कति खुसी हुनु भएछ, हामीलाई आममाफी मिलेछ । नाँच्नुपर्ने भयो । यसलाई कम्युनिष्ट पद्धति भनिन्छ रु’

नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे । ओलीले गल्ती स्वीकार्दा आफ्नो उचाइ घट्ने सोच राखेको भन्दै नेपालले सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधान नआएको टिप्पणी गरे ।

उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन् कि भन्या छ भोलि सुध्रिन्छन् कि भन्या छ । केही नबोलेर हिजो मीठोमीठो शब्द पनि मैले बोलेँ पुष्पलालको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता रु बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।’

नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।

अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उनले बताए । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले आफूहरूले संसद जोगाएको दाबी गरे । उनले संविधानको रक्षा गरेको र स्वतन्त्र न्यायपालिकाको सम्मान गरेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको