२ कार्तिक २०७८, मंगलवार

गफाडीको गफलाई जनतालाई पत्याउँदैनन्ः नेता नेपाल



८ साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पहिले आफूलाई बदलेर मात्रै समाजलाई बदल्न सकिने बताएका छन् । शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् ।’

संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको बताएका छन् । साथै समाजका भ्रष्टहरुले काँग्रेस र कम्युनिस्टलाई नचिन्ने नेता नेपालले बताएका छन् ।

‘सत्ता यस्तो चिज हो, जसले दम्भ पैदा गर्दोरहेछ । सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेछ, बन्दुकले पनि ल्याउँदोरहेछ,’ शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जंगलमा बस्ने वित्तिकै त्यागी हुँदारहेनछन्, त्यहाँ पनि भ्रष्टहरु पैदा हुँदारहेछन् । त्यसैले उनीहरुलाई कारवाही गर्नु पर्दोरहेछ ।’

नेता नेपालले विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाको नाम लिँदै भने, धर्मेन्द्रजीहरुमा अझै पनि उग्रवामपन्थी धङधङी बाँकी छ । निम्न पुँजीवाद, व्यक्तिवाद र भ्रष्टताले कम्युनिस्ष्ट र काँग्रेस चिन्दोरहेनछ ।’

नेता नेपालले अगाडि भने, ‘म पुष्पलालको बाटोमा हिँड्न चाहन्छु । कक्षा ९ मा पढ्दाखेरि प्रगतिशील विचारबाट प्रभावित भएर आएको हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको