कांग्रेस महामन्त्री खड्काको नेतृत्वमा सरकारलाई सघाउन सत्तारुढ गठबन्धनको कार्यदल गठन
८ साउन, काठमाडौं । सरकार सञ्चालनमा सहजीकरण गर्ने भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षबाट २ जना र कांग्रेसबाट २ जना सदस्य तोकिएको छ ।
खड्का नेतृत्वको कार्यदलको सदस्यमा डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् ।
कांग्रेस नेता रमेश लेखकका अनुसार साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ ।