कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन एजेण्डा
८ साउन, काठमाडौं । सत्तारुढ गठबन्धन मध्येको एक दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ ।
बैठक बूढानिलकण्ठस्थित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निवासमा बस्दैछ ।
बैठक आज बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पाार्टी मुख्यालय सानेपामा कार्यकर्ताको धर्ना भएका कारण देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने भनेसंगै आजको बैठक निजी निवास बूढानिलकण्ठमा बस्न लागेको हो ।
आजको बैठकमा मुख्यतः कांग्रेसको १४औँ महाधिवेशन तयारीमा केन्द्रित रहेर छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए ।
पछिल्लो समय क्रियाशील सदस्यतामाथि १२५ वडामा देखिएको विवाद हल गर्नेबारे बैठक केन्द्रित हुनेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताईएको छ ।