१ आश्विन २०७८, शुक्रबार

राउटे जातिको जनजीविकाको प्रश्नः पेशा परिवर्तन या रूपान्तरण ?


योगेन्द्र शाही
८ श्रावण २०७८, शुक्रबार

म सिमान्तकृत आदिवासी जनजातिका विषयमा धेरै जानकार मानिस होइन । तर राउटे जनजीवन मेरो आफ्नै समाजमा देखिरहेको र भोगीरहेको एक लोपोन्मुख समुदायको जीवन्त कथा हो । यसमा राउटे लगायत अल्पसङ्ख्यकलाई के कसरी जनजीविकाको मूल प्रवाहमा ल्याउन सकिएला भनि केही घारणाहरू प्रस्तुत गरिएको छ ।

आत्मनिर्भरता र मेहनतका नमुना मान्न सकिने राउटे आदिवासीको जीविका कस्टकर बनिरहेको छ भने बानी मगन्ते भएको छ । उनीहरूमाथि आइलागेको यस्तो जीविकाको सङ्कट र जाति नै लोप हुनसक्ने अवस्थाका कारण हाम्रो सिंगो समाज र राज्य व्यवस्थालाई जिस्काइरहेको छ । राउटे जस्ता जातिको जनजीविकामा सकारात्मक रूपान्तरणको कुरा गर्दा निम्न तीन विषयहरू विचारणीय छन् । पहिलो, परम्परागत र नयाँ पेशा बीचको अन्तरविरोध दोश्रो प्रकृतिसँगको सामन्जस्यता तथा सघर्षको विषय र तेश्रो नयाँ र पुरानो पुस्ता बीचको सोचान्तर ।

तर उनीहरूका लागि ठ्याक्कै के गर्ने ? कसरी गर्ने ? किन गर्ने ? भन्ने कुराका लागि उनीहरूको अवस्था र ठाउँ अनुसारको विश्लेषण आवश्यक हुन्छ । जस्तो राउटेको सन्दर्भमा कुरा गरौं । जंगलमा घुमी हिड्ने यो आदिवासी जनजातिकोे सङ्ख्या निकै सानो भइसकेको छ । राउटे प्रतिस्ठानबाट संकलित तथ्याङ्क अनुसार घरवस्ती गरी बस्ने सङ्ख्या तेब्बर जस्तो भए पनि परम्परागत जीविकामा रहेका राउटे आदिवासीको घरधुरी ४३ छ भने जनसङ्ख्या १४३ मात्र रहेको छ । पछिल्ला वर्षहरूमा उनीहरूलाई सरकारले दिएको भत्ता पनि अभिसाप बनेको छ । न त उनीहरू परम्परागत जीवनमा टिकिरहने अवस्था छ न त नयाँ रूपान्तरणको कुनै छाँटकाँट छ । भत्ताबाट महिला र केटाकेटी समेत जड्याँह बनेका छन् । यसका कारण थुप्रै राउटेको मृत्यू समेत भइसकेको छ । नरम रूख काटेर काठका सामग्री बेच्ने कुराले वन, समुदाय र उनीहरू बिच अन्तरविरोध बढ्दो छ । आत्मनिर्भरता र मेहनतका नमुना मान्न सकिने राउटे आदिवासीको जीविका कस्टकर बनिरहेको छ भने बानी मगन्ते भएको छ । उनीहरूमाथि आइलागेको यस्तो जीविकाको सङ्कट र जाति नै लोप हुनसक्ने अवस्थाका कारण हाम्रो सिंगो समाज र राज्य व्यवस्थालाई जिस्काइरहेको छ । राउटे जस्ता जातिको जनजीविकामा सकारात्मक रूपान्तरणको कुरा गर्दा निम्न तीन विषयहरू विचारणीय छन् । पहिलो, परम्परागत र नयाँ पेशा बीचको अन्तरविरोध दोश्रो प्रकृतिसँगको सामन्जस्यता तथा सघर्षको विषय र तेश्रो नयाँ र पुरानो पुस्ता बीचको सोचान्तर ।

पहिलो विषय बारे विचार गर्दा परम्परागत र नयाँ पेशाबारे केही अनुभवजन्य विषयहरू ध्यान दिनै पर्दछ । जस्तो कि राउटेलाई सरकारी र गैरसरकारी तहबाट कृषि पेशा अबलम्बन गर्न लगाइ स्थायी जीविकामा ल्याउन प्रयास पनि भएको छ । यो आंशिक सफल देखिएता पनि यसले उनीहरूको उन्नत जीवनयापनको प्रत्याभूती भने गर्न सकेको छैन । यस्तो सिमान्तकृत जातिलाई कृषिमा ल्याउदा उसले त्यो पेशा गर्न कतिको सहज ठान्दछ ? उसलाई पुग्ने पर्याप्त उत्पादन हुन्छ कि हुँदैन ? जङ्गली परम्परागत पेशामा जीविकाको सहजपना र त्यसमा रमाउँदाको आनन्द उसले बेग्लै महशुस गर्दछ भने उनीहरू कृषि पेशा तर्फ आर्कषित हुन गाह्रो हुन्छ । अझ नेपालको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्रबाट गैर कृषि क्षेत्रमा हाम्रो युवा शक्ति व्यापक स्थानान्तरण गर्न आवश्यक हुन्छ । त्यसैले राउटे जातिका युवालाई गुजारा नै नपुग्ने कृषिमा लानुको अर्थ देखिदैन । तर कृषिमा गइसकेका राउटेहरूलाई व्यवसायीक ढङ्गले पुग्दो कृषि पेशा अवलम्बन गराउनु पर्दछ, जसबाट उसको जीविका सहज र उन्नत हुन सकोस् । कृषिमा रहेका राउटे युवालाई व्यावसायीक तालिम मार्फत् र जमिनमा पर्याप्त पहुँच प्रदान गरी पेशा परिवर्तन मार्फत् जनजीविकामा रूपान्तरण गर्न सकिन्छ ।

मेरो विचारमा राउटे जस्तो सिमान्तकृत जातिका लागि पेशा परिवर्तन भन्दा पेशा रूपान्तरणको रणनीति उन्नत जनजीविकाका लागि बढी प्रभावकारी हुनसक्छ । यसले नेपालको समृद्धि र दिगो विकास लक्ष्यहरूलाई हासिल गर्न बढी मद्दत गर्दछ । राउटेहरू नरम काठबाट आधारित घरायसी सामाग्रीहरू जस्तै कोशी, मदुस, आरी आदि निकै छिटो र कुसलतापूर्वक बनाउँदछन् । यही नै उनीहरूको जीविकाको आधार पनि हो । यसका लागि उनीहरूको कुशलतासँग मेल खाने व्यवसायीक रणनीतिक योजना चाहिन्छ । यदि यसो गर्न सकियो भने राउटेको सानो जनसङ्ख्याको कुरै छाडौं नेपाली अरू युवा पनि यसमा रोजगार बन्न सक्दछन् ।

तर मेरो विचारमा राउटे जस्तो सिमान्तकृत जातिका लागि पेशा परिवर्तन भन्दा पेशा रूपान्तरणको रणनीति उन्नत जनजीविकाका लागि बढी प्रभावकारी हुनसक्छ । यसले नेपालको समृद्धि र दिगो विकास लक्ष्यहरूलाई हासिल गर्न बढी मद्दत गर्दछ । राउटेहरू नरम काठबाट आधारित घरायसी सामाग्रीहरू जस्तै कोशी, मदुस, आरी आदि निकै छिटो र कुसलतापूर्वक बनाउँदछन् । यही नै उनीहरूको जीविकाको आधार पनि हो । यसका लागि उनीहरूको कुशलतासँग मेल खाने व्यवसायीक रणनीतिक योजना चाहिन्छ । यदि यसो गर्न सकियो भने राउटेको सानो जनसङ्ख्याको कुरै छाडौं नेपाली अरू युवा पनि यसमा रोजगार बन्न सक्दछन् । यसमा पेशा परिवर्तन हुँदैन, पेशाको रणनीति मात्र परिवर्तन हुन्छ । जस्तो हिजो राउटेहरू जङ्गल डुल्दै रुख ढालेर काठका घरायसी सामानहरू बेच्दथे भने अब उनीहरूलाई यो पेशालाई घरेलु उद्योगका रुपमा विकास गरिन्छ । राउटेहरूमाझ आदिम साम्यवादी पदचिन्ह अझै जीवन्त रहेकाले यसलाई सामुहिक घरेलु उद्योगका रूपमा पनि विकास गर्न सकिन्छ । उनीहरूलाई सम्बन्धित प्राकृतिक स्रोत साधन नजिक भएको स्थानमा राखिनु पर्दछ । राज्यले घर घडेरी मात्र होइन त्यस्ता घरेलु उद्योग स्थापनाका लागि सिड मनी पनि प्रदान गर्नु पर्दछ । केही समयसम्म व्यवस्थापकीय र सहजीकरणको जिम्मा पनि लिनु पर्दछ । राज्यले उनीहरूलाई दिगो मोडलमा निश्चित संख्यामा रुख काट्न पुर्जी पनि दिनु पर्ने हुन सक्छ । तर यो बृक्षारोपणमार्फत् व्यापक क्षतीपूर्ती गर्ने गरी हुनु पर्दछ । त्यसका लागि सार्वजनिक खाली जग्गामा उनीहरूलाई परिचालन गरेर राउटे जङ्गलको अवधारणा कार्यान्वयन गर्न सकिन्छ । उनीहरूले संरक्षण र विकास गरेको जंगलमा उनीहरूलाई नै अग्राधिकार दिनु पर्दछ ।

पेशा रुपान्तरण गर्दा उनीहरूलाई कडा र पुरानो काठका सामान बनाउन अभिप्रेरित गर्न जरुरी छ । यसका लागि उनीहरूलाई थप सिप, तालिमका साथै नयाँ प्रविधि अवलम्बन गर्न सघाउनु पर्दछ । यसले हरिया रुखहरू प्रतिको उनीहरूको निर्भरता तोड्न मद्दत गरी वातावरण संरक्षणमा सकारात्मक प्रभाव पर्दछ । यसबाट उनीहरू पुरानो काठहरू किनेरै पनि आफ्नो उत्पादनमा मूल्य अभिवृद्धि गर्न सक्दछन् । मूल्य अभिवृद्धि गर्ने अर्काे उपाय उत्पादनलाई विविधता दिनु र गुणस्तरीय बनाउनु हो । जस्तो कि प्रविधि र विविध सिपमार्फत् कडा, टिकाउ र गुणस्तरीय काठ प्रयोग गरी सहरी वासिन्दालाई समेत आवश्यक पर्ने घरायरी सामान, भान्साका लागि भाँडाकुडा, सजावट सामाग्री, आर्टहरू मात्र होइन पर्यटकलाई लक्षित गरी स्थानीय विशेषता झल्काउने सामानहरू उच्च मूल्यमा बेच्न सकिन्छ । यसो गर्दा यो सानो जनसङ्ख्याको जीवनस्तरमा आमूल रूपान्तरण हुन सक्दछ । सरकारले उनीहरूलाई उपयुक्त स्थानमा सामूहिक घर निर्माण र स्थायी बस्ती विकास, सामूहिक उद्यमका लागि पूर्वाधार, बजारको सुनिश्चितता, उत्पादनमा अनुदान, युवालाई विशेष तालिम, सीप र प्रविधि अबलम्बन गर्न सघाउनु पर्दछ । पेशालाई टिकाउन र उन्नत बनाउन उत्पादनका बस्तु उनन्नय गरी त्यसमा गुणस्तरीता र विविधता ल्याउनु पर्दछ ।

मानव जाति सुपरसोनिक कनेक्टीभिटीको कल्पना साकार पार्न लागिरहेको बेला राउटेहरू जनजीविका लागि जङ्गल र नरम काठको खोजीमा बस्ति सार्दै हिड्दछन् । कतिपय अवस्थामा त बाटोमा समूहको सदस्य सिकिस्त विरामी हुँदा आफ्ना प्रियजनलाई बाटैमा छाडेर हिँड्ने वाध्यता पनि हुन्छ ।

दोश्रो र तेश्रो विषय पहिलो विषयसँगै जोडिएका विषयहरू हुन् । जस्तो कि प्रकृतिसँग राउटेको सघर्ष र सामन्जस्यताको कथा । मानव जातिको इतिहासमा प्राकृतिक स्रोत साधनको अभाव र अवरोधका कारण परम्परागत जनजीविकामा सङ्कट आएको देखिन्छ । यस्तो बेला कि त उसले पेशा छाड्दछ र उपयुक्त अर्काे पेशा अँगाल्दछ या उसले पेशालाई परिस्थिति र स्रोत साधन अनुसार रूपान्तरण गरी नयाँ रूप प्रदान गर्दछ । यो दुइटा कुरा गर्न नसक्दा उसको अस्थित्व नै संकटमा पर्दछ । मानव जाति सुपरसोनिक कनेक्टीभिटीको कल्पना साकार पार्न लागिरहेको बेला राउटेहरू जनजीविका लागि जङ्गल र नरम काठको खोजीमा बस्ति सार्दै हिड्दछन् । कतिपय अवस्थामा त बाटोमा समूहको सदस्य सिकिस्त विरामी हुँदा आफ्ना प्रियजनलाई बाटैमा छाडेर हिँड्ने वाध्यता पनि हुन्छ । हरेकसँग आफ्नो जिम्माको गरौं भारी (खाना, भाडाकुडा, ओड्ने, लत्ता कपडा, औजार हतियार, बच्चाबच्ची आदि) हुन्छ विरामी मानिस कसरी बोक्ने ? प्रकृतिसँगको सघर्षमा मानव समुदायले जीविकाका लागि भोग्नु परेको कठिनताको यो एक दर्दनाक अवस्था हो । उनीहरू क्रुर भएर विरामी छाड्नु परेको होइन । राउटे जातिमा आदिम साम्यवादी समाजमा हुने सामुहिक जनजीवनमा आधारित समानता र न्यायका पर्याप्त पदचिन्हहरू जीवित छन् । यो त युद्धमा गएका सेनाले आफ्नो घाइते साथी रुँदै छाड्नु परेको बाध्यता जस्तै हो । प्रकृतिसँगको यो सघर्षमा उनीहरूले जनजीविकाको रणनीति परिवर्तन गर्दै नआएका पनि होइनन् । जस्तो कि पछिल्लो अवधिमा उनीहरू लामो समयसम्म एकै ठाउँ बस्न थालेका छन् । यसका लागि उनीहरूले प्राकृतिक स्रोतलाई अलि दिगो रूपमा प्रयोग गर्नु पर्ने हुन्छ । सरकारी भत्ताले थेग्न केही मद्दत गर्छ र अपुग अवस्थामा कृषि मजदुरका रूपमा वाली काट्ने काम गर्न पनि उनीहरू तयार भएका देखिन्छन् । बसाईं लम्बाउन उनीहरू ढलेका रुखहरूमा पनि काम गर्ने, नयाँ नयाँ जातका रुखहरूबाट पनि सामान बनाउने र कतिपय अवस्थामा त कडा तथा पुराना काठका पनि सामान बनाउने गरेको पाइन्छ । कतिपय गाउँमा सिसौ जस्तो कडा काठको मदुसहरू पनि उनीहरूले बनाएको पाइन्छन् । तर यो कडा श्रम पर्ने र निकै मेहनतका गर्नु पर्ने हुन्छ । गाउँमा सामान्यतया उसले श्रमको त्यो मूल्य नपाउने भएकाले कडा र पुरानो काठ प्रयोग गर्न उनीहरू आर्कषित हुन सकेका छैनन् । उनीहरूले उत्पादनमा मूल्य अभिवृद्धि गर्न सक्ने सम्भावनाको त कुरै छाडौं । प्रकृति सँगको सामन्जस्यता र सघर्षको यो अवधिमा उनीहरूको पेशा रुपान्तरण गर्न सजिलो हुन्छ । तर त्यसका लागि संस्थागत सहयोग, रूपान्तरण गर्ने सही रणनीति र कार्ययोजना आवश्यक हुन्छ ।

तेश्रो विषय पुस्ता सोचान्तरको हो । नयाँ पुस्ता स्वाभाविकै प्रगतिशिल हुन्छ । उसले समय अनुसार र जीविकाका लागि पनि नयाँ कुरा गर्नैं पर्ने हुन्छ । जस्तो कि राउटे जातिका किशोर किशोरीले नुहाउने र सावुन प्रयोग गर्ने कुरामा पहिला तयार भए । उनीहरूलाई उत्प्रेरित गर्न अलि सजिलो भयो । विस्तारै अरुले पनि यो अभ्यास गरे । पुरानो जडता तोड्ने हिसावले रक्सी पिउने कार्य पनि उनीहरूको गरेको नयाँ प्रयोग हो तर यसले उनीहरू स्वास्थ्य र जनजीविकामा भने नकारात्मक असर धेरै पारेको छ । नयाँ पुस्तामा रहेको सकारात्मक सोचान्तरलाई पेशा रूपान्तरण गर्ने अवसरका रुपमा प्रयोग गर्नु पर्दछ । राउटे जस्ता लोपोन्मुख जातिका केटाकेटीलाई बेरोजगार बनाउने साधारण शिक्षाभन्दा उनीहरूको परम्परागत सिपसँग जोडिने खालका तालिम, सिप र प्रविधि सहितको शिक्षा आवश्यक हुनेछ र त्यसलाई उद्यमशीलतासँग जोड्न राज्यले सघाउ पुर्याउनु पर्दछ ।

दीर्घकालिन र दिगोपनाको दृष्टिकोणबाट भने उनीहरूको उत्पादित सामानमा अनुदान, घरेलु उद्योग स्थापना गर्न सघाउ पुर्याउने र अनुदान दिने, कर छुटको व्यवस्था गर्ने, बजार प्रबन्ध गर्न राज्यले सहयोग गर्ने जस्ता कुराले बढी महत्व राख्दछ । परम्परागत सिपको अझ विकास गर्न र उत्पादनमा विविधता ल्याउन युवा उन्नयन तालिम र आकर्षक भत्ताहरू प्रदान गर्न सकिन्छ ।

अल्पसङ्ख्यक जातिहरूको कठिन जीवनयापनको वर्तमान अवस्थामा भत्ता प्रदान गर्नु राहतमूलक कार्य हो । तर पनि दीर्घकालिन र दिगोपनाको दृष्टिकोणबाट भने उनीहरूको उत्पादित सामानमा अनुदान, घरेलु उद्योग स्थापना गर्न सघाउ पुर्याउने र अनुदान दिने, कर छुटको व्यवस्था गर्ने, बजार प्रबन्ध गर्न राज्यले सहयोग गर्ने जस्ता कुराले बढी महत्व राख्दछ । परम्परागत सिपको अझ विकास गर्न र उत्पादनमा विविधता ल्याउन युवा उन्नयन तालिम र आकर्षक भत्ताहरू प्रदान गर्न सकिन्छ । राज्यले एक अवधिसम्म रूपान्तरणका लागि निश्चित अवधिसम्म व्यवस्थापन र सहजिकरणको कार्य समेत गर्नु आवश्यक छ । उनीहरूलाई प्राकृतिक वातावरणमै कम्युनका रूपमा विकास गरी रूपान्तरण गर्नु पर्दछ । उनीहरूका संस्कृतिका असल पक्षलाई जगेर्ना गरी नविकरण गर्दैं जानु आवश्यक छ । बच्चा महिला बुढाबुढीका लागि स्याहार र आराम गृह, सुविधाजनक घरहररू, उपचार केन्द्र, तालिम केन्द्र, खेल मैदान र मनोरन्जन स्थल सहितको सुरक्षित बसोबासको व्यवस्था गरी घुमन्ते युगमा रहेको यस्ता आदिवासी जनजातिहरूलाई आत्मनिर्भर र गुजरामुखी मात्र होइन उद्यमी बनाई उन्नत जीवनयापनतर्फ अग्रसर गराउन सकिने छ । यसका लागि राउटे युवा केन्द्रित विशेषखालको स्वरोजगारमुखी पाठ्यक्रम निर्माण गर्न पनि आवश्यक हुन्छ ।

(शाही कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् । )


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको