६ आश्विन २०७८, बुधबार

मेरो वसन्त तिमी



जीवनको हर मोडमा तिमी उभिएको छौ र त
जीवन ज्युन मज्जा आएको छ मलाई (२)
मेरो मनको बगैंचाको माली तिमी होउ र पो
रंगीचंगी फुल फुल्न मज्जा आएको छ मलाई !!

म फुल्ने बगैंचामा आई मलाई हेरि मुस्कुराई दिन्छौ र त,
मज्जा आएको छ मलाई
हर समयको मेरो तस्बिर आँखामा सजाई दिन्छौ र त
जीवनमा बाँच्न अझ मज्जा आएको छ मलाई (२)

तिमी, तिमी म सँगै छौ र त
मलाई फुल फुल्न वसन्त ऋतु कुर्नु परेको छैन (२)
तिमी मेरो नयनमा बसेको छौ अनि घड्कनमा धड्किएको छौ र त,
मलाई अन्त धड्किनु परेको छैन,
(त्यसैले तिमी) २ मेरो मनको माली हो, मेरो भगवान हो,
मेरो संसार हो, (मेरो, मेरो तिमी नि, अक्सिजन हो !! २


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको