६ आश्विन २०७८, बुधबार

‘पिपुल्स भोलेन्टियर’ को अध्यक्षमा श्रेष्ठ




७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ चयन भएका छन् । पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी दिए ।

बिहीबार भक्तपुर सूर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।

पिपुल्स भोलेन्टियरको घोषणा गर्दै उनले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । उनले युवाहरूलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरू सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गरे ।

भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने पनि उनले स्पष्ट पारे । आफूहरू हिम्मतिलो र परिवर्तन गर्न चाहने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गर्दै उनले युवाहरूले जनसेवा, देशभक्ति र लोकतन्त्रका लागि अघि बढ्न अपिल पनि गरे ।

वरिष्ठ नेता नेपालले आफूहरूसँग सही विचार भएको उल्लेख गर्दै सही विचार हुनेहरू आत्तिनुपर्ने आवश्यकता नभएको बताए । सही विचारको पक्षमा हजारौं मान्छे पछि लाग्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको