६ आश्विन २०७८, बुधबार

माधव नेपालसहितका नेतालाई आममाफी दिने एमालेको निर्णय




७ साउन, काठमाडौं । बिहिबार बसेको नेकपा (एमाले)को बैठकले बरिष्ठ नेता माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।

त्य​स्तै ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच तुलना हुन नसक्ने बताए । उनले भने, ‘पार्टीको जनमत काँग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ । एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको