५ कार्तिक २०७८, शुक्रबार

आफूले बनाएको घर छोड्ने चाहना हुन्नः माधव नेपाल




७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् ।

बिहीबार बिहान पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले बनाएको घर छोड्ने चाहना नभए पनि अपमान सहेर बस्न नसकिने बताएका हुन् ।

‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न । तर, अपमान सहेर बस्न सकिँदैन,’ उनले भने ।

नेता नेपालले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै कम्युनिस्टको नाम र झण्डाको दुरुपयोग भएकाले त्यस्ता गतिविधि रोक्नुपर्ने बताए । अरुको अपमान गर्नेले आफ्नो सम्मान पनि कायम राख्न नसक्ने उनको भनाइ छ ।

‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ । यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, नेपालले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको