१६ श्रावण २०७८, शनिबार

कांग्रेस सांसद् अमरेश सिंहले देउवालाई बुझाए राजीनामा




७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद् अमरेश कुमार सिंहले पार्टी सभापति एवम् प्रधनमन्त्री शेर बहादुर देउवालाई सांसद् पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

क्रियाशील सदस्यता विवाद्लाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् ।

धर्नामा बसेकाहरुको मागमा ऐक्यबद्धता जनाउँदै सांसद् सिंहले राजीनामा बुझाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु