१६ श्रावण २०७८, शनिबार

सल्यानमा दाइले गरे भाइको हत्या




६ साउन, सुर्खेत । सल्यानमा बनगाड कुपिण्डे नगरपालिका– ५ मा दाईले भाइको हत्या गरेका छन् । मंगलबार राती खेल्ने बिषयमा दुई दाजुभाइको विवाद हुँदा १४ वर्षीय कपिल परियारले १३ वर्षीय भाइ सन्दीप परियारलाइ जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।

भाइ सन्दीपको उपचारका क्रममा बुधबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले बताए । ‘मृतक सन्दीप र सियो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए ।’ उनले भने, ‘दुई दाजु भाइका छोराबीच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको छ ।’

आरोपित बालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

कपिल र सन्दीप दाजु भाइका छोरा हुन् । दुवै जना संगोल परिवारमा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु