१ आश्विन २०७८, शुक्रबार

माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरू




६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक सुरू भएको छ ।

काठमाडौंको शंखमुलमा सुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे छलफल जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन् ।

बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताए ।

बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन् ।

अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको