२९ आश्विन २०७८, शुक्रबार

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन



६ साउन, काठमाडौं । वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो ।

उनलाई दुई साताअघि चिरायु अस्पतालले गंगालाल अस्पताल रेफर गरेको थियो । गंगालालबाट अस्ति सोमबार उनलाई टिचिङ अस्पताल सारिएको थियो । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुई छोराछोरी अमेरिकामा रहेकाले उनीहरू आइसकेपछि पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बतायो ।

उत्तम नेपालीले कला क्षेत्रमा विभिन्न उपनाम पाएका छन् । धेरैले उनलाई ‘क्यानभासका बादसाह’ पनि भन्छन् । उत्तम नेपालीको वास्वविक नाम उत्तमप्रसाद कर्मचार्य हो । पछि उनले आफ्नो नाम छोट्याएका थिए ।

आमा फिल्ममा अभिनयसमेत गरेका उनी गीत, कविता लेख्नेसम्ममा अब्बल थिए । उनले २०३३ सालमा कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए । भूपि शेरचनसहितका चर्चित कविका कवितालाई क्यानभासमा उतारेर पनि उत्तम नेपालीले प्रशंसा बटुलेका थिए ।

१९९४ सालमा काठमाडौंमा जन्मिएका उत्तम नेपाली बनारस बसेर पढेका थिए । उनका काकाबुवा बनारसमा कस्तुरीको व्यापार गर्थे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको