३१ आश्विन २०७८, आईतवार

मानव जातलाई एउटै जात बनाउन दलितको छोरालाई पुजारी बनाइएको होः पण्डित दीनबन्धु पोखरेल



६ साउन, काठमाडौं । जातीय विभेदमुक्त समाज निर्माणका लागि पण्डित दिनबन्धु पोखरेलद्वारा दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । उनले ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरेका हुन्।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले सनातन गोरक्ष राष्ट्र नेपालले केहि दिन अगि गोदामचौरमा आयोजना गरिएको कार्यक्रममा रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको बताएका छन् । उनले मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए ।

पण्डित पोखरेलले भने, ‘पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ ।’ उनले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत् अभियान सञ्चालन गरिरहेको अवस्थामा आफ्ना बुवा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको