१६ श्रावण २०७८, शनिबार

काँग्रेसले गणेशमान र किशुनजीलाई कहिल्यै गद्दार भनेनन्



पार्टीमा मत विरोध हुन्छन् । तिनको सम्यक सामाधान नहुँदा पार्टी फुट्न सक्छन्, नेताको पार्टीबाट सम्वन्ध विच्छेद हुन सक्छ । तर परिपक्क पार्टी या नेता अलग हुनु पर्दा पनि यति तल झर्दैनन् कि एक अर्कालाई गद्दार भनि हालुन् । काँग्रेसले गणेशमान र किशुन जी माथि त्यस्तो आरोप लागाउने धृष्टता कहिल्यै गरेनन् । न उनीहरूले कांग्रेस माथि त्यस किसिमको कुनै आरोप लगाए । माओवादी विभाजनमा पनि त्यस्तो आरोप प्रत्यारोप सुनिएन ।

नेपाली कम्युनिष्ट नेतृत्वले ‘गद्दार काउत्स्की’ पढ्यो र बढीमा आफुलाई क्रान्तिकारी देखाउन र असलियतमा आफु हावी हुन लेनिनबाट उक्त शब्द सापटी लियो र आफ्नै सहयोद्धालाई गद्दारको बिल्ला भिराई हाल्यो । भद्दा नकल । त्यसको पहिलो शिकार पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नै बनाई हाल्यो । आन्दोलनको घात गर्ने र निरंकुसताको ठाडो ताबेदारी गर्ने केशर जंग रायामाझी, शैलेन्द्र कुमार उपाध्याय, कमलराज रेग्मी र डीपी अधिकारीहरुलाई त उनीहरुले गद्दार भनेनन् । छैन त रोचक इतिहास ?

अँ, लेनिनले काउत्स्कीलाई त्यस्तो आरोप लगाए, जो राजनीतिक रूपमा उचित पनि थियो । फेरि पनि लेनिनले नै काउत्स्कीले अतितमा मार्क्सवादको व्याख्या र सृजनात्मक विकासमा गरेको योगदानको खुलस्त रूपमा प्रशंसा पनि गरेका थिए । नेपाली कम्युनिष्ट नेतृत्वले ‘गद्दार काउत्स्की’ पढ्यो र बढीमा आफुलाई क्रान्तिकारी देखाउन र असलियतमा आफु हावी हुन लेनिनबाट उक्त शब्द सापटी लियो र आफ्नै सहयोद्धालाई गद्दारको बिल्ला भिराई हाल्यो । भद्दा नकल । त्यसको पहिलो शिकार पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नै बनाई हाल्यो । आन्दोलनको घात गर्ने र निरंकुसताको ठाडो ताबेदारी गर्ने केशर जंग रायामाझी, शैलेन्द्र कुमार उपाध्याय, कमलराज रेग्मी र डीपी अधिकारीहरुलाई त उनीहरुले गद्दार भनेनन् । छैन त रोचक इतिहास ? अहिले माधव नेपाललाई गद्दारको आरोप लगाइएको छ, विमति हुनसक्छ, विवाद हुनसक्छ तर त्यतिकै भरमा त्यस्तो आरोप लगाउनु होश हराको बेलाको मर्यादाहीन आक्रोस सिवाय केही होइन । आफु नाच्न न जान्ने आगन टेडो !

हामी कहाँ निकै अघि देखि दक्षिणपन्थी विसर्जनवादले शिर उठाउँदै गरेको र ससदीय राजनीतिमा प्रवेश गरे यता झाङ्गिदै गएको यथार्थ हो । संसदीय राजनीतिलाई पुँजीपति वर्ग धोखाधडीको रूपमा प्रयोग गर्न माहिर हुँदै हो । कम्युनिष्टहरूले त्यसलाई ‘मुक्तिको उपकरणको रुपमा बदल्ने गरी’ लाग्न मार्क्सवादले अनुमति दिन्थ्यो तर त्यो अभिप्राय कतै न देखिने गरी उही धोखाधडीमा हेलिनु दक्षिणपन्थी विसर्जनवाद नै हो ।

आन्तरिक जनवादलाई सुदृढ गर्न र पार्टीको कार्यदिशा र मिशनलाई लिगमा राख्न बनाइएका विधि, प्रक्रिया सब निरस्त गरिएका छन्– सामुहिक नेतृत्व र सामुहिक ज्ञानका ठाउँमा अत्यन्त केन्द्रिकृत शक्तिको सन्की उर्दीलाई प्रतिस्थापित गरिएका छन् ।

हाम्रो समस्या यहाँ हो, विचारबाट विचलनको शिलशिला सँगसँगै यसलाई पुठ दिने गरी हाम्रा संरचना, संस्था र संस्कृतिको निर्माण भोको छ । आन्तरिक जनवादलाई सुदृढ गर्न र पार्टीको कार्यदिशा र मिशनलाई लिगमा राख्न बनाइएका विधि, प्रक्रिया सब निरस्त गरिएका छन्– सामुहिक नेतृत्व र सामुहिक ज्ञानका ठाउँमा अत्यन्त केन्द्रिकृत शक्तिको सन्की उर्दीलाई प्रतिस्थापित गरिएका छन् । जतिसुकै परिपाठ लगाए पनि दुनियाँदारले देखेको, भोगेको यहीं नै हो । यसो भएर पनि पराईले समेत हाम्रा आन्तरिक अन्तरविरोधमा चलखेल गर्न समेत पाएका छन् । उनीहरू खुचिङ्ग मात्रै होइन अझ यस आन्दोलनको चितामा आफ्नो ह्याकुलो सेक्न झन् आतुर देखिन्छन ।

कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चिनका लागि पूर्व नेपाली राजदुत हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु