६ आश्विन २०७८, बुधबार

भीम रावलको राजीनामा रोक्न सुदूरपश्चिमका १७ नेता काठमाडौंमा




६ साउन, काठमाडौ । एमाले नेता भीम रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन सुदूरपश्चिम प्रदेशका नेताहरू काठमाडौं आएका छन् ।

सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली नेता नेपाल र रावललाई भेट्न आएका हुन् । रावलनिकट स्रोतका अनुसार अहिले उनीहरूले नेता रावललाई भेटिरहेका छन् र भोलि बिहान नेता नेपालसँग भेट्ने तयारी गरेका छन् ।

मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन् । नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भन्दै आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको