१ आश्विन २०७८, शुक्रबार

एमालेका प्रदेश अध्यक्षले भने– पार्टीभित्रको अन्योल छिटो सकिनुपर्‍यो




६, साउन काठमाडौं । सोमबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले पार्टीभित्रको अन्योल छिटो समाधान गर्नुपर्ने बताएका छन् । आजको बैठकमा सात प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । उनीहरूले पार्टीबाट केही व्यक्ति बाहिरिँदा त्यसले कस्तो असर गर्छ भन्नेबारे सुझाब दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा सरकारमा रहँदा गरेका काम र अहिलेको प्रतिकूल परिस्थिति निर्माणको विषयमा पार्टीपंक्तिमा जानकारी गराउन उनीहरूले भनेका थिए । यस्तै, बैठकमा सुवास नेम्वाङले कसरी १०बुँदे सहमतिसम्म आइपुगियो र कार्यान्वयन कसरी गर्ने भन्नेबारे आफ्नो धारणा राखेका थिए ।

एमालेले १०बुँदेलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै अन्तिमसम्म पार्टी एकताको प्रयास गर्ने निर्णय गरेको ज्ञवालीले बताए। आज उठेका विषयमा भोलि महासचिव ईश्वर पोखरेलले जवाफ दिनेछन् । यस्तै, भूमिसँग सम्बन्धित समस्या समाधन गर्न बनेको आयोगका अध्यक्ष देवी ज्ञवालीले त्यसका कामबारे जानकारी गराएका थिए ।

राजनीतिक आग्रह–पूर्वाग्रह राखेर आयोग विघटन गर्न खोज्नु गतल हुने उनको भनाइ थियो । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भए पनि त्यसबारे बैठकले कुनै निर्णय गरेको छैन । २२ सांसदले स्पष्टीकरणपत्र नपाएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको