६ आश्विन २०७८, बुधबार

भारतका लागि नेपाली राजदूतको ‘फोन ट्यापिङ’




५ साउन, काठमाडौं । दिल्लीमा रहेका नेपाली राजदुत तथा राजदुतावासका कार्यरत कर्मचारीको फोन ट्यापिङ गरेको फ्रेन्च भाषाको अनलाइन ‘ले मान्डे’ले जनाएको छ । समचारका अनुसार भारतमा रहेका नेपाली कुटनीतिज्ञ, चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत पछिल्लो ४ वर्षे अवधिको ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिर आएको छ ।

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले सोमबार सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद तथा राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मद्दत पुग्ने गरी ‘पेगासस’ मार्फत गुप्तचरी गरिएको जनाइएको छ ।

विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको