६ आश्विन २०७८, बुधबार

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे




५ साउन, काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला(प्रचण्ड) रजसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार बिहान भेटवार्ता गरेका छन् ।

प्रचण्ड, यादवले नेपाललाई नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् ।

भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको