६ आश्विन २०७८, बुधबार

सत्तारूढ गठबन्धनमा मन्त्री भागबन्डामा सकस, देउवा माधव नेपाललाई कुर्दै




५ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई गठबन्धन दलहरुबीच मन्त्रालय भागन्डा गर्न सकस परेको छ । एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरुले आन्तरिक आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बर्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालय भागबन्डाका बारेमा छलफल भइनसकेको दाबी गरे । “म संलग्न बैठकमा छलफल भएको छैन । अरु ठाउँमा भएको भए मलाई थाहा भएन,” उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच २५ वटा मन्त्रालयलाई चारवटा समूहमा राखेर भागबन्डा गर्ने सैद्धान्तिक समझादारी बनेको छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मान्त्रालयमध्ये गठबन्धन दलहरुबीच कम्तीमा एक–एकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।

गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलमध्ये एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा जाने÷नजाने निश्चित भइनसकेका कारण पनि मन्त्रालय भागबन्डाले निकास पाउन सकेको छैन । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल पक्षलाई केही समय पर्खेर भए पनि सरकारमा ल्याउनुपर्ने पक्षमा छन् । नेपालले पनि सरकारमा सहभागी हुने संकेत गर्दै आएका छन् तर दोस्रो तहका नेताहरुले अझै पनि पार्टी एकताको आस मारेका छैनन् । उनीहरुकै आग्रहमा नेपाललाई सरकारमा जाने निर्णय लिन समस्या परेको छ । कान्तिपुर दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको