२ कार्तिक २०७८, मंगलवार

सीताले विप्लवको हाउभाउबाटै चिनेर ओछ्यानबाट जवर्जस्ती उठी समात्न जान खोजिन्ः प्रचण्ड



५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि पार्किन्सन्स रोगले थलिएर घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । सीताले आँखाले देख्न छोडिसकके तापनि स्मरणशक्ति गुमिसकेको छैन । निकटस्थलाई आवाजले नै चिन्ने सक्छिन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका उनले प्रचण्ड पत्नी सीता दाहाललाई भेटेको तस्बिरले धेरैलाई भावुक बनायो । उक्त तस्बिरमा सीताको विप्लवप्रतिको ममता, विप्लवको सीताप्रतिको आदरभाव र एकअर्काप्रतिको आत्मियता झल्किन्छ ।

प्रचण्डले मान्छेहरू चिन्नलाई गाह्रो अवस्था भएता पनि मेरो मेडमले ढोकाबाट छिर्ने वित्तिकै विप्लवको हाउभाउबाटै उनलाई चिनेको बताए । आइतबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रचण्डले भने, ‘अस्ति विप्लव यहाँ आएको बेला सीताजीलाई भेट्ने भन्ने त हुने नै भयो । मान्छेहरू चिन्नलाई गाह्रो अवस्था भएता पनि मेरो मेडमले ढोकाबाट छिर्ने वित्तिकै चिनिहालिन् । विप्लवको हाउभाउबाट उनलाई थाह भइसकेका थियो । उनी ओछ्यानबाट जवर्जस्ती उठेर समात्न जान खोजिन् । त्यसले विप्लवलाई पनि भावुक बनायो र हामी सबैलाई भावुक बनायो ।’

उक्त कार्यक्रममा प्रचण्डले भूमिगतको कालको स्मरण गर्दै भने, ‘विप्लव र हामी २ वर्ष एउटै भान्सामा सँगै खाएर बसेका हौं । मेरो मेडम घोडा चलाउन साह्रै सिपालु थिइन्, उनले घोडाको अगाडि विप्लवको छोरा प्रकाशलाई राखेर लिएर हिड्ने, प्रकाशले आमा भन्ने त्यस खालको हार्दिकताका साथ २ वर्षसँगै बसेका हौं ।’

विप्लवले प्रचण्ड पत्नी सीतासँग करिब १५ मीनेट समय बिताए । सीता र विप्लवको त्यो भेट सामान्य औपचारिक भेटघाटभन्दा पनि निकै आत्मिय र हार्दिकतापूर्ण थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको