आत्महत्याको समाजशास्त्र

सीता बोहरा
१९ भाद्र २०७७, शुक्रबार
मानिस जिउनका लागि हर तरहको प्रयास गर्छ । आफ्नो जीवन बचाउनका लागि कयौं मानिसहरू हदसम्मको सम्झौंता गरेको थुप्रै उदाहरण हाम्रै वरीपरी घर, छिमेकमा छन् । मानिसले बाँच्नका लागि अरुको ज्यान पनि लिएका छन् । तर यसका वावजुत हिजोसम्म हर तरहले जीउन चाहने व्यक्ति आज आत्महत्या गर्छ । यस्ता आत्महत्याका समाचारले आजभोली सञ्चारमाध्यम, सामाजिक सञ्जालमा बाक्लै उपस्थिति जनाउन थालेका छन् । तथापि आत्महत्या नयाँ मुद्दा भने होइन प्रत्येक समाजमा आत्महत्या हुन्छ । समाजअनुसार आत्महत्याको दर र प्रकृति मात्र फरक हुने हो । तर व्यक्तिले किन आफैलाई मार्न चाहन्छ अर्थात् देह त्याग वा आत्महत्या गर्छन् त ? मानिस जन्मे पछि मृत्यू अवस्यम्भावि छ तर मान्छे आफु बाँच्न पाउने हक किन अगाडि नै खोस्छ त्यो पनि आफैले ? भन्ने प्रश्नको उत्तर समय सान्दर्भिक खोजी गर्नु आजको आवश्यकता हुन सक्छ । आत्महत्या कारण विभिन्न विधाले विभिन्न प्रकारले खोजी गरेको छ, अथ्र्याउने प्रयास गरेको छ । यो लेखमार्फत् व्यक्तिले आत्महत्या किन गर्छ भन्ने प्रश्नमाथि समाजशास्त्रीय बहस अघि बढाउन खोजिएको छ ।
आत्महत्यालाई मनोवैज्ञानिक, सामाजिक र जैविक दुर्घटना आदिको रूपमा व्याख्या गरिएको पाइन्छ । अहिले विश्वलाई कोभिड–१९ ले गाँजेको समयमा आत्महत्याको कारण गरिबी, बेरोजगारी, ऋण र टाट पल्टिने सम्भावना, जागिरबाट निकालिने, पदोन्नतिमा रोक, बढि आर्थिक भारलगायत आर्थिक कारण नै मुख्य र दोस्रोमा लकडाउन, निषेधाज्ञालगायत स्वास्थ्य सगजता अपनाउँदा हुने मनोवैज्ञानिक असर हुनसक्ने सुन्न र पढ्न पाइन्छ । नेपाललगायत विश्वभरको रेकर्ड हेर्दा आत्महत्या कोभिड जस्ता मौसमी कारण मात्रले हुने देखिँदैन । तर पक्कै यस्ता कारणहरूले आत्महत्याको दरमा फरक पार्ने नेपालको सार्वजनिक भइरहेको तथ्याङ्कले पुष्टि भने गर्दछ । हाम्रै सन्दर्भमा हेर्ने हो कोभिड–१९ का कारण देखाएर गरिएको लकडाउन, निषेधाज्ञा पछि आत्महत्याको दर उल्लेख्य रूपमा बृद्धि भएको छ । विश्व परिवेशमा हेर्ने हो भने हरेक वर्ष ८ लाखभन्दा बढीले आत्महत्या गर्ने गर्छन र प्रति ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्छन् ।
आत्महत्या कारण डिप्रेसन, तनाव, निराशापन, डर, जटिल दीर्घरोग, सिजोफ्रेनिया भनेर मनोविद्हरू भन्छन् । यी सब किन हुन्छन् ? समाजशास्त्रीहरूका अनुसार आत्महत्या सामाजिक सम्बन्धको जालोहरूमा आउने उतारचढावका कारण हुने गर्दछ । व्यक्तिमा तीव्र महत्वाकांक्षा, योजनामा असफल, समाजमा लज्जावोध गर्नु, पश्चाताप, बेइज्जत, चिन्ता, फिक्री, दीर्घ रोग, अन्तरसम्बन्धमा आँच, प्रेममा विछोड, मानसिक असन्तुलन, बेरोजगार, टाट पल्टिनु, धोका, आरोपलगायत थुप्रै कारण सहन नसकेर व्यक्तिले आत्महत्या गर्ने गरेको सञ्चारमाध्यम, सुसाइड नोट, आफन्तको भनाई, आत्महत्या प्रयासबाट बाँचेकाहरूबाट जानकारी पाइन्छ । के आत्महत्या मस्तिष्कमा उन्पन्न हुने यस्ता भावनात्मक कुराहरूले गर्दा निजी स्तरमा गर्ने एक कार्य हो ? के आत्महत्या व्यक्तिगत कुरा मात्र हो त ?
फ्रान्सका प्रख्यात दार्शनिक समाजशास्त्री दुर्खिमको भनाईमा आत्महत्या समाजद्वारा गरिएको व्यक्तिको हत्या हो, समाज नै व्यक्तिको हत्यारा हो व्यक्ति स्वयम् होइन । सन् १८९७ मा आत्महत्या पुस्तकमा दुर्खिमले आत्महत्या मानसिक कारणको उपज नभई व्यक्तिको सामाजिक सम्बन्धहरूको उपज भएको निष्कर्ष निकालेका थिए । दुर्खिमले आधुनिक समाज र परम्परागत समाजमा देखिने चार प्रकारका आत्महत्याको व्याख्या गरेका छन् । पहिलोमा अहम्वादी आत्महत्या जसमा व्यक्तिको अहम्तामा ठेस लाग्छ, उसले आफु स्वयम्लाई समाजभन्दा माथि ठान्छ र यसमा एकिकृत हुन नसकेका मानिसहरू पर्दछन् । दोस्रो समाजको हितका लागि प्राण दिने, तेस्रो विसङ्गति आत्महत्या र चौथो भाग्यवादी आत्महत्या जसमा समाजको कठोरतापूर्ण नियम एवम् आदर्शका कारण गरिने आत्महत्या जस्तै बधुवा मजदुर, दास, विभेदका कारण गरिने आत्महत्या ।
यसै सन्दर्भमा फ्रान्सका प्रख्यात दार्शनिक समाजशास्त्री ईमाइल दुर्खिमले २६ हजार आत्महत्याको अध्ययन गरी एक सिद्धान्त प्रस्तुत गरेका छन् । दुर्खिमको उक्त विश्लेषण आउनु अघि आत्महत्याको मनोवैज्ञानिक हिसावले मात्र विश्लेषण गरिन्थ्यो । त्यसअघि व्यक्ति तनावग्रस्त भएर आत्महत्या गर्छन् यो पुरा मनोविज्ञानसँग सम्बन्धित थियो । तर उनले त्यसलाई खण्डन गर्दै आत्महत्यालाई पुर्णतः सामाजिक माने । उनको भनाईमा आत्महत्या समाजद्वारा गरिएको व्यक्तिको हत्या हो, समाज नै व्यक्तिको हत्यारा हो व्यक्ति स्वयम् होइन । सन् १८९७ मा आत्महत्या पुस्तकमा दुर्खिमले आत्महत्या मानसिक कारणको उपज नभई व्यक्तिको सामाजिक सम्बन्धहरूको उपज भएको निष्कर्ष निकालेका थिए । शताब्दी पुरानो खोजको उक्त उनको पुस्तक आज पनि समाजशास्त्रीय अध्ययनमा अझ महत्वपुर्ण सावित भएको छ । यो बीचमा समाजले कयौं रूपमा अनगिन्ति फड्को मारेको छ तर आत्महत्याको समाजशास्त्रीय बहस उनको सिद्धान्त विना अपुरो नै हुन्छ ।
उक्त पुस्तकमा दुर्खिमले आधुनिक समाज र परम्परागत समाजमा देखिने चार प्रकारका आत्महत्याको व्याख्या गरेका छन् । पहिलोमा अहम्वादी आत्महत्या जसमा व्यक्तिको अहम्तामा ठेस लाग्छ, उसले आफु स्वयम्लाई समाजभन्दा माथि ठान्छ र यसमा एकिकृत हुन नसकेका मानिसहरू पर्दछन् । यसमा एकिकृत हुन नसकेका अविवाहितहरू आत्महत्या गर्दछन् । दोस्रो समाजको हितका लागि प्राण दिने किसिमकोे आत्महत्या जस्तै समाज, देश र विचारका लागि प्राण त्याग गर्ने पर्दछन् । तेस्रो विसङ्गति आत्महत्या भन्न सकिन्छ । समाजमा आफ्नो स्थान नै धरासयी पार्ने किसिमको हुन्छ जस्तै दाइजो प्रथाका कारण बावु आमाले गर्ने आत्महत्यालाई लिन सकिन्छ । जसमा सामाजिक आर्थिक उतारचढावको अवस्थामा व्यक्तिले आत्महत्या गर्छ । चौथो भाग्यवादी आत्महत्या जसमा समाजको कठोरतापूर्ण नियम एवम् आदर्शका कारण गरिने आत्महत्या जस्तै बधुवा मजदुर, दास, विभेदका कारण गरिने आत्महत्या ।
अहिले हाम्रो सन्दर्भमा दुर्खिमको आत्महत्याका सिद्धान्तअनुसार विश्लेषण गर्ने हो भने पहिलो र तेस्रो कारण अधिक देखिन्छ । कहीं कतै चौथो प्रकारका आत्महत्या पनि भइरहेको छ भने देशका लागि, समाजका लागि प्राण दिने सायदै भेटिएला ।
यो आलेख तयार पार्दै गर्दा मेरो पुरानो साथीको सम्झना आयो । हामी मिल्ने साथी थियौ । सबै कुरा साटासाट गरिन्थ्यो, राम्रो लुगादेखि भावनासम्म । हामी १४ बर्षका मात्र थियौं । उनले अचानक आत्महत्या गरिन् । उनको आफूसँगै पढ्ने साथिसँग प्रेम सुरु भएको सुनाउँथिन । एकदिन उनकी आमाले त्यो थाह पाएर घरको छतमा भएको पिलरमा बाँधेर राखिन्, चुटिन् पनि । राति २ बजे तिर उनले बिष सेवन गरिन् । त्यस्तै अर्को घटना घर नजिकै छिमेकीको १२ बर्षे छोराले आत्महत्या गरे । निहुँ थियो, गृहकार्य नगर्दा बुवाले दुई लठ्ठी दिए । त्यहि साँझ घरको दलिनमा झुण्डिए । तेस्रो उदाहरण एकजना रिक्सा मजदुर रिक्सा चलाएर रक्सी पिएर घर गए श्रीमतीसँग सामान्य विवाद भयो । राती नजिकैको रुखमा झुण्डिएको भेटिए । प्रायः यस्तै किसिमका धेरै आत्महत्याका खवर सुनिन्छ । उनीहरूको मनोविज्ञानमा असर परेको कारण आत्महत्या गरेको भनिन्छ । तर किन र कसरी मनोविज्ञानमा असर पर्यो खोज्ने काम सायदै होला ।
भर्खरै नेपालका एक जना रोबोटिक कलेजो प्रत्यारोपणका युवा डाक्टर सुजितकुमार शाहको आत्महत्याको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएको छ । त्यस्तै केहि दिन अगाडि मात्र एक सैनिकले आत्महत्या गरे । त्यस्तै केहि महिना अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा निकै बहस भए । कुनै न कुनै पेशा, व्यवसाय, रोजगारमा सङ्लग्न रहेको र ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा आत्महत्याको दर बढि रहेको एक अध्ययनले जनाएको छ । किन शहरमा बढि आत्महत्या हुन्छ भन्ने कारण खोजियो भने यहाँ कार्ल माक्सको एलाइनेशन (अलगाव)का कारण आधुनिक समाजमा वा औद्योगिक समाजमा आत्महत्या बढेको हुन सक्छ । औद्योगिकीकरणका कारण व्यक्ति परिवार, समाजसँग टाढिन पुग्छ । उसले एक्लो महशुस गर्न थाल्छ । यही कारणले व्यक्तिमा मनोवैज्ञिनिक असरहरू पर्न थाल्छ । अर्को औधोगिक समाजमा श्रमिक अधिक कामका साथै एउटै प्रकारका काम गर्छन् र सामाजिक रूपमा श्रमिक अलगाव हुन्छन् । सामाजिक संरचनाअनुसार आत्महत्याको दर, प्रकृति फरक छ । सामाजिक संरचना र सामाजिक सम्बन्धलाई नबुझी आत्महत्यालाई एक मनोवैज्ञानिक कारण मात्र मान्न सकिने अवस्था छैन ।
एक अध्ययनका अनुसार महिलाभन्दा पुरुषहरू बढि आत्महत्या गर्छन् । के यो तथ्य सामाजिक होइन ? समाजले पुरुषलाई जहाँ जहिले पनि आत्मविश्वासी, स्वाभिमानी र निडर हुन सिकाउँछ । सानैदेखि आमा, बुवा, परिवार, समाज सबैले केटा मान्छे भएर हुर्कन, बढ्न छोरीलाई भन्दा छुट्टै संस्कार सिकाउँछन् । जसको परिणाम स्वरूप उनीहरू अरुका अगाडि रुन, कराउन, मनका बह पोख्न पाउँदैन र मन भित्रै कुण्ठाका भारीले कतिबेला आत्महत्यातर्फ धकेल्छ पत्तो पाउदैनन् ।
मनोवैज्ञानिक रूपमा विक्षिप्त हुने अवस्थासम्म आइपुग्न सामाजिक सम्बन्धहरूमा आउने उतावचढाव हो । एक अध्ययनका अनुसार महिलाभन्दा पुरुषहरू बढि आत्महत्या गर्छन् । के यो तथ्य सामाजिक होइन ? समाजले पुरुषलाई जहाँ जहिले पनि आत्मविश्वासी, स्वाभिमानी र निडर हुन सिकाउँछ । सानैदेखि आमा, बुवा, परिवार, समाज सबैले केटा मान्छे भएर हुर्कन, बढ्न छोरीलाई भन्दा छुट्टै संस्कार सिकाउँछन् । जसको परिणाम स्वरूप उनीहरू अरुका अगाडि रुन, कराउन, मनका बह पोख्न पाउँदैन र मन भित्रै कुण्ठाका भारीले कतिबेला आत्महत्यातर्फ धकेल्छ पत्तो पाउदैनन् । कतै पढेको थिए, तीज जस्ता मनका बह पोख्ने चाडमा माइती जान पाउने, दिदि बहिनिसँगको भेट हुने आशाले महिलाहरूलाई कयौं दुःख, घरेलु कामको बोझ, हिंसाबाट थकाई मारेको महशुस हुने गर्छ त्यसैले जीवनमा नयाँ आशा पलाउँछ ।
हालै लकडाउनका कारण उत्पन्न विभिन्न समस्या झेल्न नसकेर मानिसहरूले आत्महत्या गर्ने गरेको सुनिन्छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिले समेत आत्महत्या गरेका छन् । कोहि जागिर खोसिएर त कोहि कार्यकक्षमै आत्महत्या गरेका छन् । यो अवधिमा आत्महत्याको दर बढ्नु मनोवैज्ञानिक वा व्यक्तिगत कारण मात्र हुन सक्दैन यो सामाजिक संरचनाका कारण व्यक्तिले आत्महत्या गर्ने गर्छन् ।
समाजको बहुआयामिक सम्बन्धहरूलाई हेर्दा औद्योगिक श्रम सम्बन्ध, तिव्र शहरीकरण आदिले धर्ममा विश्वास कम हुनु (धार्मिक मान्यताअनुसार आत्महत्या हत्या जत्तिकै पाप मानिन्छ), समाज टुक्रा टुक्रामा विभाजन हुनु, पारिवारिक सम्बन्ध कमजोर हुनु, पुँजीवादका कारण आफ्ना, आफ्नो काम, आफैसँगको अलगाव, जीवनको लक्ष्य नभेट्नु आदि कारणले पनि आत्महत्यालाई प्रशय दिइरहेको छ ।
विभिन्न अध्ययनअनुसार संसारभर युवाहरूको रोजगारी गुम्ने सङ्ख्या बढिरहेको छ । तसर्थ आत्महत्याको सामाजिक व्याख्या जरुरी छ । आत्महत्या समाजले बुझेजस्तै कायरताको उपज होइन यतिबेला लकडाउनले पारेको आर्थिक अधोगति, पारिवारिक किचलो, बिखण्डन, दुई छाककै समस्या, विभिन्न खाले ऋणको भार आदि कारण आत्महत्या बढ्यो भने यसको बहुआयामिक सामाजिक सम्बन्धहरूको खोजी गर्नु जरुरी छ । दुर्खिमले भनेका छन् कि आत्महत्या समाजको सामान्य सामाजिक तथ्य हो तर यसको सङ्ख्यामा बढोत्तरी हुनु समाजको लागि घातक हो । त्यसैले अहिले आत्महत्याको दरमा भएको बृद्धिलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेरिनु जरुरी छ ।
समाजको बहुआयामिक सम्बन्धहरूलाई हेर्दा औद्योगिक श्रम सम्बन्ध, तिव्र शहरीकरण आदिले धर्ममा विश्वास कम हुनु (धार्मिक मान्यताअनुसार आत्महत्या हत्या जत्तिकै पाप मानिन्छ), समाज टुक्रा टुक्रामा विभाजन हुनु, पारिवारिक सम्बन्ध कमजोर हुनु, पुँजीवादका कारण आफ्ना, आफ्नो काम, आफैसँगको अलगाव, जीवनको लक्ष्य नभेट्नु आदि कारणले पनि आत्महत्यालाई प्रशय दिइरहेको छ ।
(लेखक बोहरा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा एफ.फिल. अध्ययररत विद्यार्थी हुन् ।)
यो पनि पढ्नुहोस् :