२१ जेष्ठ २०८०, आईतवार

एमाले माधव नेपालको नेतृत्वमा बन्छ र फेरी कम्युनिष्ट एकता हुन्छः प्रचण्ड



४ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी कम्युनिष्ट एकता हुने खुलासा गरेका छन् । यस विषयमा विप्लवसँग पनि सकारात्मक ढंगले कुराकानी भएको प्रचण्डले बताएका छन् ।

प्रचण्डले आइतबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँले लिएको अन्तवार्तामा भने, ‘एमाले माधव नेपालको नेतृत्वमा बन्छ र फेरी कम्युनिष्ट एकता हुन्छ । विप्लवसँग भएको कुरा त्यहि नै हो ।’ प्रचण्डले आफ्नो र विप्लवको मिलेको कुरा भनेको कम्युनिष्ट आन्दोलनलाई नै एकतावद्ध गर्नु पर्छ भन्ने रहेको बताए ।

कार्यक्रममा प्रचण्डले भने, ‘माओवादी मात्र एकता गर्छु भन्नु हुँदैन र होइन पनि । माओवादी भन्नेहरू पनि एकथरी कहाँ पुगे एकथरी कहाँ छन् ? माओवादीलाई मात्र मिलाउने कुरा नभई राष्ट्रलाई, आन्दोलनलाई र जनतालाई एकतावद्ध गर्न नयाँ विचारसहित संश्लेषण गरी मिलेर काम गरौं भन्ने कुरामा आफ्नो र विप्लवका बीच मोटामोटी सैद्धान्तिक समझदारी भएकै हो ।’

यस बीचमा अलि गम्भिर ढंगले छलफल गरी समिक्षा गरेर एक ठाउँमा जाउँ भन्ने बाबुराम भट्टराईको पनि विचार रहेको प्रचण्डले बताएका छन् । प्रचण्डले भने, ‘१–२ महिना अगाडि किरणजीहरूसँग पनि आफ्नो कुरा हुँदा कम्तिमा मुद्दामा केन्द्रित भएर मिलेर जाने बारे सोच्नु पर्यो भने । नत्र भने यो शान्ति प्रक्रिया र माओवादी आन्दोलनले गरेका उपलब्धिहरू के हुने हुन् भन्नेमा उहाँपनि चिन्तित भएकै देख्छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको