५ आश्विन २०७८, मंगलवार

महिला एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु




४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि सोमबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गत बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । महिला टोलीमा सावित्रा भण्डारी भने परेकी छैनन् । उनी कतारमा उपचाररत छिन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । एएफसीले छनोटको प्रारम्भिक मिति सेप्टेम्बर १३ देखि २५ तारिख ९भदौ २८ देखि असोज ९ गते०लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी
अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, अन्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरू लिम्बू, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हीरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी रानामगर, चुम्लुङमा राई, पुनम जर्गामगर, कविता धिमाल, सुनीता चौधरी र विमला विक ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको