२२ जेष्ठ २०८०, सोमबार

माधव नेपाललाई ओलीले भने, आउन चाहने साथीहरु आउनुस्, स्वागत छ, तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन




४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए ।

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

अध्यक्ष ओलीले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन ।’

नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको