१२ जेष्ठ २०८०, शुक्रबार

अध्यक्ष ओलीले राखे, माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाही प्रस्ताव



४ साउन, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा राखेका छन् । नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको हो ।

केन्द्रीय कमिटीको जारी बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।

बैठकस्थलबाट एक केन्द्रीय सदस्यले भने, पार्टीको निर्णय नमान्ने र पार्टीविरुद्ध गएर मतदान गर्नेमाथि राजनीतिक रुपमा भने पनि कारवाही गर्नुपर्छ भनेर २४ घण्टे स्पष्टीकरणको प्रस्ताव आयो,तर सिंगो हलले तत्कालै कारवाही गर्नुपर्छ भन्ने माग राखेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको