१४ जेष्ठ २०८०, आईतवार

सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ




४ साउन, पर्सा । सरकारी मोटरसाइकलमा सवार पर्साका एक वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ परेका छन् । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले वडा अध्यक्ष सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।

खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको