एमाले केन्द्रीय कमिटीको बैठक, माधव नेपाल पक्ष अनुपस्थित
४ साउन, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित छ ।
एमालेले पार्टीलाई २०७५ जेठ २ पछिको संरचनामा फर्काउने झल्को दिने गरी बैठक स्थलमा केन्द्रीय कमिटीको १० औँ बैठकको ब्यानर राखिएको छ । बैठक बोलाउँदा भने केन्द्रीय कमिटीको १४औँ बैठक भनिएको थियो ।