माधव पक्षका सांसदहरूमध्ये देउवालाई विश्वासको मत कसले दिए ? कसले दिएनन?
३ साउन, काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूमध्ये १२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमा उपचाररत छन् भने उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएका छन् । खनालले विज्ञप्ति जारी गर्दै देउवालाई विश्वासको मत दिनु पर्ने बताएका थिए ।
देउवालाई मतदान गर्ने माधव पक्षका सांसदः माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने रहेका छन् ।
त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । तटस्थ रहनेहरूमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे रहेका छन् ।