१९ श्रावण २०७८, मंगलवार

शल्यक्रिया गरी बच्चा जन्माएपछि आमालाई कोरोना पोजेटिभ, बच्चा आफन्तसँग



१९ भाद्र, काठमाडौं । शिक्षण अस्पताल काठमाडौंमा भदौ १६ गते कालिकोटकी२१ वर्षिया एक महिलालाई शल्यक्रिया गरी बच्चा जन्माइ सकेपछि कोरोना पोजेटिभ देखिएको छ । शल्यक्रिया गर्नुभन्दा अगिल्लो दिन १५ गते महिलाको स्वाव सङ्कलन गरिएको थियो । अप्ठ्यारो महशुस गरी महिला अस्पताल गएपछि आमा–बच्चाको स्वास्थ्य अवस्थामा समस्या हुनसक्ने देखेर डाक्टरहरूको टिमले सफल रूपमा शल्यक्रिया गरी बच्चा निकालेका थिए । अस्पतालका अनुसार बच्चाको तौल ३ किलो ४५ ग्राम र स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

बच्चाको आमालाई २ दिन आइसियु राखी हाल कोभिडवार्डमा सारिएको छ । परिवारिक स्रोतका अनुसार बच्चाको आमालाई बेलाबेलामा ज्वरो १०४ डिग्रीसम्म आइरहको र अन्य कुनै समस्या नरहेको जानकारी प्राप्त भएको छ । भर्खरै जन्मिएको नावालक बच्चालाई आफन्तहरूले जेनतेन हुर्काइरहका छन् ।

महिलाको पारिवारिक स्रोतका अनुसार बच्चाको पिसिआर परिक्षण गर्ने वा नगर्ने विषयमा कुनै परामर्श नपाएकाले अन्यौंलता पैदा भएको छ । कोभिडसङ्क्रमित महिलाको गर्भवती हुँदा रेखदेख गर्ने, महिलाको सम्पर्कमा रहेका उनका श्रीमान्, दिदी, बहिनी, दाइलाई पिसिआर जाँचका लागि कुरा गर्दा आफै पैसा तिरेर जाँच गर्न अस्पताल प्रशासनले भनेको छ ।

अस्पतालले कोरोना सङ्क्रमित मानिससँग सम्पर्कमा को–को मानिसहरू सम्पर्कमा आएका थिए भनी कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसिआर जाँच गर्नु पर्नेमा सम्पर्कमा रहेका मानिसले भन्दा पनि पिसिआर नगरिनु गैर जिम्मेवारीपना हो । पारिवारिक स्रोतका अनुसार उनीहरूको आर्थिक अवस्था पनि कमजोर रहेको छ । उनीहरूले स्थानीय तह र विभिन्न सरकारी निकायले कुनै लक्षण नै नभएका तथा कोरोना सङ्क्रमितसँग सम्पर्कमा नगएका थुपै्र मानिसहरूलाई दोहार्याई तेहर्याई पिसिआर परिक्षण गरे तापनि हाम्रो परिक्षण गरिएन भनी गुनाँसो गरेका छन् ।

आवश्यक परामर्शको अभावमा यीनै सङ्क्रमित महिलाको सम्पर्कमा रहेका आफन्तहरूले बच्चाको रेखदेख गरिरहेका छन् । यदि बच्चाको रेखदेख गर्नेहरूमध्ये कसैलाई पोजेटिभ छ र बच्चालाई पनि सङ्क्रमण भयो भने त्यसको जिम्मेवारी कस्ले लिने ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु