१४ जेष्ठ २०८०, आईतवार

देउवाले विश्वासको मत पाएपछि माधव नेपालको निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको टिप्पणी




३ साउन, काठमाडौं ।नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएपछि निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको टिप्पणी गरेका छन् ।

देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपाले भने, ‘आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’ सर्वोच्चको फैसलाले संविधानवादको जीत भएको र व्यवस्था जोगिएको नेपालले बताए ।

उनले भने, ‘सर्वोच्चको फैसलाको संविधानवादको जीत भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट सावित भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको