ओलीको मन्त्रीमण्डलका मन्त्री आले र राज्यमन्त्री बुढासहित ८ सांसदले दिए देउवालाई विश्वासको मत
३ साउन, काठमाडौं । नेकपा (एमाले)मा अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा मन्त्री रहेका प्रेम आले मगर र राज्य मन्त्री रहेका धनबहादुर बुढासहित ओली पक्षधर ८ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
ओलीको मन्त्रीमण्डलमा आले मगर वन तथा वातावरण मन्त्री र बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री रहेका थिए ।
देउवालाई विश्वासको मत दिने अन्य सांसदहरुमा कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेन रहेका छन् । एमाले कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले उनीहरुले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।