भीम ओली बने लुम्विनी खेलकुद परिषद्को पहिलो सदस्य-सचिव
३ साउन, बाँके । लुम्बिनी खेलुकुद परिषद्को पहिलो सदस्य-सचिवमा बाँकेका भीम ओली नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको बुधबार बसको मन्त्री परिषद्को बैठकले ओलीलाई सदस्य-सचिव नियुक्त गरेको हो ।
ओलीले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको अध्यक्ष समेत भएर काम गरी सकेका छन् । २०७६ सालमा लुम्बिनी प्र्र्रदेशमा सम्पन्न भएको ८ औं राष्टिय लेखकुद प्रतियोगिता ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी नेपाल भलिवल संघ र नेपाल खेलकुद महासंघको जिम्मेवारीमा रहेर समेत काम गरिरहेका छन् ।
ओलीलाई प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा ३ उपदफा ३ बमोजिम शिक्षा तथा सामाजिक मन्त्री धर्मलाल श्रीवास्तवले सदस्य-सचिवमा नियुक्त गरेका हुन् ।