१४ जेष्ठ २०८०, आईतवार

बजेट सीमित गरेर शिक्षालाई अँचेट्दै सरकारहरू


जीतबहादुर शाह
३ श्रावण २०७८, आईतवार

दाङको मेरो मित्र भरत पाण्डेले समय–समयमा समय मिलाएर फोन गर्नु हुन्छ मलाई । फोनमा भलाकुसारी हुन्छ । मैले उहाँको परिवार र समग्र दाङतिरको कुरा सोध्छु । उहाँले पनि मेरो र मेरो परिवारको हालखवर सोध्नु हुन्छ । यस्तै भलाकुसारीको क्रममा मैले एकपटक उहाँको छोराको हालखवर र पढाइको कुरा सोधेको थिएँ । त्यत्तिबेला भने उहाँले ‘पढाइमा त्यत्ति जाँगर गरेन, अरु त ठिकै छ’ भन्नुभयो । उहाँको यो भनाइमा दम थिएन, न त उत्साह नै थियो । मैले मित्रको यो कुरा बुझेर उहाँलाई क्रमैसँग भनें– ‘तपाईंको छोराले सायद अरुले जस्तो घोक्न सकेन होला । घोकेर उत्तरपुस्तिकामा खरर लेख्ने र सोधेको बेला फरर भन्ने काम पनि गरेन होला । त्यसकारण तपार्इंले आफ्नो छोरालाई पढाइमा त्यत्ति जाँगर गरेन भन्दै हुनुहुन्छ । तपाईंले उसको मनभित्र पसेर उसको रुचि र मनको भावना बुझ्ने प्रयास गर्नु भयो कहिल्यै ? के तपाईंले भने झैं पढार्इंमा राम्रा भनिएकाहरू सबै उनीहरूको जीवनमा पनि राम्रै भएका छन् त ? के तपार्इंले पढाइमा त्यत्ति जाँगर नगरेका भनिएकाहरू जीवनमा नराम्रै भएका छन् त ?’

उहाँ नबोलेको अवसर छोपेर मैले मेरा भावनाहरू पस्कदै गएँ–‘एउटा हात्ती र बाँदरलाई रुख चढ्ने प्रतिष्पर्धा गराइयो भने उक्त प्रतिष्पर्धामा बाँदरले जित्छ र हात्तीले हार्छ । तर के हात्तीलाई बाँदरभन्दा कमजोर भन्न मिल्छ ? विविधताले भरिएको यो संसारमा जन्मिदा नै हरेक व्यक्ति एवम् जीवात्माहरूले आफू बाँच्न सक्ने सामथ्र्य ल्याएर आएका छन् । यत्ति हो कि हामीले त्यसलाई पहिचान गरी र हुर्कन बढ्न दिने काम गर्न सकिरहेका छैनौं । हाम्रो शिक्षाले गर्न सकिरहेको छैन । अन्यथा हात्ती र बाँदरको तुलना गर्न नसकिए जस्तै हामीले बालबालिकाहरूको बीचमा तुलना गरेर सबल र कमजोर भन्ने काम कसैले पनि गरिनु हुँदैन । सबै आ–आफ्नो हिसावले सबल छन् ।’

मेरा प्रश्नहरुले मित्र पाण्डेलाई गम्भीर बनाएछ । उहाँले पढाइमा राम्रा भनिएका र नराम्रा भनिएका आफ्ना सखाहरूको जीवनचर्यातिर घुम्न थाल्नु भएछ । फोनमा मैले यस्तै कुरा गरिरहँदा मसँग हजूर हजूर भन्नु त भयो तर खासै त्यत्ति बोल्नु भएन । उहाँ नबोलेको अवसर छोपेर मैले मेरा भावनाहरू पस्कदै गएँ–‘एउटा हात्ती र बाँदरलाई रुख चढ्ने प्रतिष्पर्धा गराइयो भने उक्त प्रतिष्पर्धामा बाँदरले जित्छ र हात्तीले हार्छ । तर के हात्तीलाई बाँदरभन्दा कमजोर भन्न मिल्छ ? विविधताले भरिएको यो संसारमा जन्मिदा नै हरेक व्यक्ति एवम् जीवात्माहरूले आफू बाँच्न सक्ने सामथ्र्य ल्याएर आएका छन् । यत्ति हो कि हामीले त्यसलाई पहिचान गरी र हुर्कन बढ्न दिने काम गर्न सकिरहेका छैनौं । हाम्रो शिक्षाले गर्न सकिरहेको छैन । अन्यथा हात्ती र बाँदरको तुलना गर्न नसकिए जस्तै हामीले बालबालिकाहरूको बीचमा तुलना गरेर सबल र कमजोर भन्ने काम कसैले पनि गरिनु हुँदैन । सबै आ–आफ्नो हिसावले सबल छन् ।’ मैले मेरो कुराहरु यसरी समापन गरेपछि भरतजीले भन्दै हुनुहुन्थ्यो– ‘सर, हजूरले भनेका यिनै कुराहरु टिपोट गरेर भाइवर वा मेसेन्जरमा पठाइदिनु न’ मैले हुन्छ त भने तर अझैसम्म पनि पठाउन सकेको भने छैन ।

जुनसुकै परिवारका अग्रजहरू खुसी हुने र दुःखी हुने कारणहरूमा उक्त परिवारका सन्तानहरूले के गरिरहेका छन् ? कस्तो शिक्षा आर्जन गरिरहेका छन् ? उनीहरूमा भएका सम्भावना र सक्षमताहरू के के छन् ? उनीहरूको बारेमा विद्यालय र शिक्षा दिने मानिसहरूले के भन्ने गरेका छन् ? घरपरिवारमा सन्ततिहरूले कस्तो व्यवहार र आचरण प्रदर्शन गरिरहेका छन् ? आदि जस्ता कुराहरूले अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

कुरो मेरा मित्र भरतजीको मात्र होइन, जुनसुकै परिवारका अग्रजहरू खुसी हुने र दुःखी हुने कारणहरूमा उक्त परिवारका सन्तानहरूले के गरिरहेका छन् ? कस्तो शिक्षा आर्जन गरिरहेका छन् ? उनीहरूमा भएका सम्भावना र सक्षमताहरू के के छन् ? उनीहरूको बारेमा विद्यालय र शिक्षा दिने मानिसहरूले के भन्ने गरेका छन् ? घरपरिवारमा सन्ततिहरूले कस्तो व्यवहार र आचरण प्रदर्शन गरिरहेका छन् ? आदि जस्ता कुराहरूले अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् । सारमा सन्ततिको शिक्षाले परिवारमा खुसी वा पिँडामध्ये के कुराले घर गर्ने भन्ने कुरा निर्धारण गरिरहेको हुन्छ । सामान्य गरिब किसानदेखि अमिरसम्मको परिवारमा करिव करिव खुसी निर्धारण गर्ने कुरा यस्तै यस्तै हुने गर्दछन् । परिवारमा मात्र होइन, समाज र राष्ट्रमा समेत शिक्षाले असर पार्दछ । शिक्षा कस्तो छ ? मुलुकले शिक्षालाई कसरी हेरिरहेको छ ? शिक्षा क्षेत्रलाई मुलुकले प्राथमिकता दिएको छ वा छैन भन्ने भन्ने कुराले देशको भविष्यको भाग्य निर्धारण गरिहेको हुन्छ । त्यसैले पनि भारतको शिक्षासम्बन्धी कोठारी आयोगमा लेखिएको छ, ‘कुनै पनि देशको गन्तव्यको आकृतिकरण त्यो देशका कक्षा कोठामा भइरहेका क्रियाकलापहरूले गर्दछन् ।’

परिवारका अभिभावकहरूलाई सन्ततिको शिक्षाको पिरलो भएपनि देशका अभिभावकहरूलाई भने शिक्षाको पिरलो रत्तिभर पनि छैन । लाग्छ, उनीहरूको नजरमा शिक्षा बिहानीको शीतको थोपा हो, जो सूर्योदय भएपछि सुकेर जान्छ । त्यसका बारेमा चिन्ता र चिन्तन गरिरहनु जरुरत छैन । त्यही भएर होला, सरकारहरूको बजेटमा पनि शिक्षा छैन भन्दा पनि हुन्छ । भएपनि शीतको थोपा जस्तै गरी व्यवहार गरिएको छ । देशमा नयाँ सरकार आउदा शिक्षाको जिम्मा कसले लिने भन्ने बारेमा समेत कसैको निम्ति सरोकारको विषय हुँदैन । सानो दृष्टान्त भन्नु पर्दा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिमतिर सञ्चालन गर्नेगरी सरकारसमक्ष निर्णय गर्नका सिफारिस पठाएको छ । त्यसलाई हेर्ने र त्यो बारेमा सोच्ने फुर्सद छैन कसैलाई । कोरोनाको संक्रमण केही कम भएको अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्न सकिएन र फेरि कोरोनाको संक्रमण बढ्न थाल्यो भने विद्यार्थीहरूको कक्षा १२ को परीक्षाले मङ्सीर पौषभन्दा अघि हुन सक्दैन । यसरी चार लाखभन्दा बढि विद्यार्थीहरूको भविष्यको बारेमा सरकारलाई रत्तिभर मतलव छैन । यस्तो लाग्छ कि सरकार उनीहरूको अभिभावक नै होइन ।

कर्णाली प्रदेशको दश वर्षे योजना निर्माण गर्ने कार्यमा सङ्लग्न हुँदाको अवस्थामा सरकारले शिक्षालाई वेवास्ता गरेका तथ्याङ्कहरूसँग समेत घुलमिल हुने अवसर प्राप्त भयो । यसले झनै मन तीतो बनायो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको २.६ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको देखिन्छ भने आर्थिक वर्ष २०७६/७७ मा आएर त्यही बजेटको प्रतिशत पनि घटेर २.५ प्रतिशतमा झरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षाको बजेटको प्रतिशत अलिकति बढेर ३.६ प्रतिशत देखिन्छ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा आएर शिक्षामा कुल बजेटको ३.९ प्रतिशत बजेट अनुमान गरिएको छ । कर्णाली प्रदेशमा मात्र होइन, अरु प्रदेशमा समेत अवस्था यस्तै छ । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा पाँच ओटा प्रदेशले शिक्षामा विनियोजन गरेको बजेट कुल प्रदेश बजेटको १.७ देखि ४.२ प्रतिशत र औषतमा २.६४ प्रतिशत मात्र रहेको देखिन्छ । त्यत्तिमात्र नभर्इ पालिकाहरूको अवस्था पनि त्यस्तै छ । ८० वटा स्थानीयतहरूले उनीहरूको आम्दानीबाट ०.१२ प्रतिशत देखि ३.५४ प्रतिशतसम्म बजेट छुट्याएकोमा औषतमा यो बजेट ५.४३ प्रतिशत मात्र हुन आउँछ । सिङ्गो मुलुकको वि.सं. २०४९/५० मा शिक्षामा राज्यको लगानी कुल राष्ट्रिय बजेटको करिब ८.५ प्रतिशत मात्र रहेकोमा आर्थिक वर्ष २०६७/६८ मा आइपुग्दा यो प्रतिशत १७.१ पुगेको थियो । अहिले आएर पुनः १०.११ प्रतिसतमा झरेको अवस्था छ ।

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा पाँच ओटा प्रदेशले शिक्षामा विनियोजन गरेको बजेट कुल प्रदेश बजेटको १.७ देखि ४.२ प्रतिशत र औषतमा २.६४ प्रतिशत मात्र रहेको देखिन्छ । शिक्षालाई प्राथमिकता नदिनु भनेको बालबालिका लगायत आफ्ना सन्ततिहरूलाई पनि प्राथमिकता नदिनु हो ।

शिक्षालाई प्राथमिकता नदिनु भनेको बालबालिका लगायत आफ्ना सन्ततिहरूलाई पनि प्राथमिकता नदिनु हो । शिक्षालयमा काम गर्ने शिक्षक र कर्मचारीहरूलाई पनि प्राथमिकता नदिनु हो । राजनीति गर्नु पर्यो भने राजनेताहरूलाई विद्यालय, शिक्षक र विद्यार्थीहरू चाहिने गरेका छन् । त्यसैले शिक्षकहरूलाई पनि आफ्ना आफ्ना भागमा कति छन् भनेर प्रष्ट देखिने गरी छुट्याएर राखेको अवस्था छ । सरकारमा जो गएपनि सरकारप्रति नरम हुने शिक्षकको एउटा खण्डको व्यवस्था गरिएको छ । उक्त खण्डले बाहिर कराए जस्तो गरेपनि भित्र गएर सरकारसँग उसको मिलेमतो नजीकको हुने गर्दछ । यसले गर्दा शिक्षामा सुशासन कायम हुन सकेको छैन । अरु त के कुरा विद्यार्थी नभएका विद्यालय र जिल्लाबाट विद्यार्थी भएको जिल्ला र विद्यालयमा जानेगरी शिक्षकहरूको दरबन्दी मिलान र शिक्षकको सरुवा गर्न समेत सकेको छैन । काम गर्ने र नगर्ने शिक्षकको भेद छुट्याउन सकेको छैन । शिक्षक सरुवा लगायत विद्यालयको प्र.अ. बनाउने सवालमा समेत भागवण्डाको ख्याल गरी क्यालकुलेटर थिच्ने गरिन्छ । केही गरौं भन्ने सोच भएका प्रदेश सरकार र स्थानीय सरकारहरू पनि संघीय शिक्षा ऐन नआउदा थला परेर सकिदै गरेको अवस्था छ ।

शिक्षकहरूको यो गति भएपछि विद्यार्थीहरूको गति गतिलो हुने त कुरै भएन । कतिपय विद्यार्थीहरुलाई त आफ्नो विद्यालयको डे«स लगाएको अवस्थामा बाहेक अरु अवस्थामा शिक्षकहरूले चिन्दा पनि चिन्दैनन् । स्थिति यस्तो भएपछि विद्यार्थीको अवस्था, उसको रुचि, क्षमता र सम्भावनाहरूको पहिचान गर्ने कसरी र गर्ने कसले ? को विद्यार्थी कस्तो छ भन्ने कुरा एकैचोटी पेपर पेन्सिल टेष्ट लिएर नतिजा निकालेपछि मात्र थाह हुन्छ कि कसले घोक्न सक्दो रहेछ र कस्ले घोक्न सक्दो रहेनछ । त्यसैका आधारमा जेहेन्दार र कमजोरको ट्याग लगाउने गरिन्छ उनीहरूलाई । अनि यसैका आधारमा अभिभावकले पनि आफ्नो सन्ततिलाई मित्र भरतले झै अब्बल र कमजोर भनेर खुसी हुने वा पुर्पुरोमा हात राख्ने भन्ने बारेमा निर्णय गर्दछन् । शिक्षा, बालबालिका र अभिभावकले यो सबै नियती भोगिरहनुको पछाडि सरकारले शिक्षालाई प्राथमिकता नदिनु नै प्रमुख कारण हो । लगानीको अवस्था हेर्दा शिक्षाले हुनेखानेको घरमा पालिएको कुकुरको जति पनि सम्मान नपाएको अवस्था छ । गरिबको घरमा कलो खाने गरी पालिएको कुकुरको झै हालत छ शिक्षाको । जिम्मेवारी धेरै, अवस्था भने भोकभोकै । त्यही भएर नै शिक्षाले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक सम्पादन गर्न नसकेको अवस्था छ । त्यही भएरै देशको विकासको गति पनि भ्यागुताको धार्नी जस्तै भएको छ ।

शाह कर्णाली प्रदेशको राष्ट्रिय परिक्षा बोर्डका कार्यालय प्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको