६ आश्विन २०७८, बुधबार

भीम रावलद्वारा प्रतिनिधि सभा सदस्यबाट राजिनामा



३ साउन, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिने घोषणा गरेका छन् । उनले वर्तमान राजनीतिक नेतृत्व राष्ट्रिय समस्या समाधान गर्ने कुराबाट विमुख भएकाले आफूले प्रतिनिधि सभाबाट राजिनामा दिन लागेको बताए ।

उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको बताउँदै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताउदै राजिनामा दिन लागेको बताए । उनले भने, ‘आफू देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु ।’

रावलले सभामुखलाई भेटी आफूले राजिनामा दिन लागेको सञ्चार माध्यमलाई बताएका छन् । उनी अछाम जिल्लाबाट निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको