२२ जेष्ठ २०८०, सोमबार

वर्षा भन्छिन्, ‘आजसम्म कसैसँग प्रेम भएन’




काठमाडौं । राजनीतिज्ञ र कलाकारको बोली छेपारोले रंग फेरेझैँ बदलिरहन्छ । उनीहरु आज बोलेको कुरा भोलीपल्टै त्यो आफूले बोलेकै होइन भन्न भ्याउँछन् । अभिनेत्री वर्षा सिवाकोटीकै कुरा गर्ने हो भने अघिल्लो वर्ष उनले अमेरिका बस्ने सविनजंग थापासँगको प्रेम स्वीकार गर्दै आउँदो २ वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनी आजसम्म आफू कसैको प्रेममा नभएको दाबी गरिरहेकी छिन् ।

शनिवार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजसम्म आफ्नो कसैसँग प्रेममा नभएको बताएकी हुन् । उनले भनेकी छन्, ‘मेरो आजसम्म कसैसँग प्रेम सम्बन्ध भएन । प्रेम हुन्थ्यो भने त्यो व्यक्तिसँग मैले विवाह गरिसकेको हुने थिएँ । भोलीका दिनमा म जोसँग बिहे गर्छु, सम्झनुहोस् कि म त्यो व्यक्तिसँग नै प्रेममा रहेछु ।’ सविन र वर्षाको प्रेम सम्बन्ध १७ महिनामै टुटेको थियो ।

सविनसँग अलग भएपछि उनी अभिनेता राज कटुवालसँग नजिकिएकी थिइन् । अहिले उनीहरु गहिरो प्रेममा रहेको चर्चा छ । यो जोडीले चाँडै विवाह गर्न लागेको पनि गाइँगुइँ सुनिएको छ । सामाजिक सञ्जालमा वर्षाले राजसँगका तस्विर शेयर गर्दै प्रेम व्यक्त गरिरहेकी हुन्छिन् । तर, उनले राजसँग आफू प्रेममा नभएको बताएकी छन् । आफूहरु मिल्ने साथी मात्र रहेको उनको भनाई छ ।

‘मेरो जीवनमा धेरै साथी सर्कर छैन । म अलिकता रिजर्भ बस्ने मान्छे हुँ । ६÷७ महिनादेखि म राजसँग नजिक अवश्य छु । तर, हामीबीच प्रेम छैन,’ राजको बारेमा उनी भन्छिन्, ‘मलाई राजको सबै कुरा मन पर्छ । मन नपर्ने एउटा पनि कुरा छैन । तर, राजसँग विवाहको बारेमा मैले सोचेको छैन ।’ वर्षाले आफू २ वर्षभित्र विवाह बन्धनमा बाँधिने सोचमा रहेको पनि बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको